00:00:00
राष्ट्रिय

 भ्रष्टाचार  मुद्दामा  ४ अर्ब १० करोड ४६ लाख बिगो नबुझाएका चूडामणि कारागारमा

शनिबार श्रावण २६, २०८१/ Saturday 08-10-24

काठमाडौँ । साउन २६ गते ।  भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चूडामणि शर्मा डिल्लीबजार कारागार चलान भएका छन् । साउन २३ मा सर्वोच्च अदालतमा पुनरावेदन गर्न उपस्थित भएका शर्मा बिगो रकम बुझाउन नसकेर कारागार चलान भएका हुन् ।

 डिल्लीबजार कारागारका जेलर (उपसचिव) रोम बहादुर महतले बुधवारदेखि शर्मा कारागारमा रहेको बताए । उनले भने,‘बुधवारबाट उहाँ हामीकहाँ हुनुहुन्छ ।’

विशेष अदालतले तोकेको ४ अर्ब १० करोड ४६ लाख रुपैयाँ रकम बुझाए उनले थुना बाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउँछन् । बिगो रकम नबुझाएको अवस्थामा सर्वोच्चबाट मुद्दाको अन्तिम किनारा लाग्नुअघि उनी थुनामै बस्नुपर्छ । 

यसअघि विशेष अदालतले आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मासहित ३ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो ।  उनीहरुले कर फर्स्योट आयोगमार्फत् १० अर्ब २ करोड १७ लाख भ्रष्टाचार गरेको आरोपमा २०७४ साउन १ गते मुद्दा दायर भएको थियो । 

तपाईको प्रतिक्रिया