00:00:00
स्थानिय

आरम्भ चौतारी लघुवित्त संस्था तिलोत्तमा ८ को रक्तदान सम्पन्न

शुक्रबार श्रावण २५, २०८१/ Friday 08-09-24

तिलोत्तमा । साउन २५ गते । आरम्भ चौतारी लघुवित्त संस्था लि शाखा कार्यालय तिलोत्तमा ८ शिवपुरले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३१ पोइन्ट रगत संकलन भएको छ । संस्थाका कार्यक्रम अधिकृत भगवती खरेलको अध्यक्षता तथा तिलोत्तमा रक्तदाता समाजको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

रक्तदान जीवनदान भन्ने मुल मर्मलाई आत्मसात गर्दै आयोजना गरिएको रक्तदान कार्यक्रममा बोल्ने बक्ताहरुले शिवपुर क्षेत्रमा रहेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको सस्थाले यसपटक भने रक्तदान जस्तो पुन्यको काम गरेर उल्लेखनीय कार्य गरेको भन्दै प्रशंशा गरेका थिए । संस्थाका कार्यक्रम अधिकृत भगवती खरेलले आरम्भ चौतारी लघुवित्तले स्थानीयको मन जित्ने गरि विभिन्न कार्यक्रम गर्दै आएको र यसपटक केन्द्रिय कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

प्रदीपनगर टोल विकाश संस्थाको भवनमा आयोजित रक्तदानमा तिलोत्तमा वडा न ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्य एवं तिलोत्तमा वडा न ११ का अध्यक्ष विष्णु बरालको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा तिलोत्तमा रक्तदाता समाजका अध्यक्ष गोविन्द बन्जाडे, प्रहरी चौकी महुवारीका ईन्चार्ज कृष्ण बहादुर रानाभाट, सुरक्षाकर्मी यम बहादुर पुन, र्सस्थाका कर्मचारी, स्थानीय लगायतको उल्लेख्य सहभागिता रहेको कार्यक्रम रचु पौडेलको संचालनमा सम्पन्न भएको थियो । 

तपाईको प्रतिक्रिया