00:00:00
स्वास्थ्य

साहसी कदम नेपालका सदस्यले क्रिमसन अस्पतालमा छुट सहितको उपचार पाउने 

बिहीबार श्रावण २४, २०८१/ Thursday 08-08-24

तिलोत्तमा । साउन २४ गते । मणिग्राममा रहेको क्रिमसन अस्पताल र साहसी कदम नेपाल तिलोत्तमा ३ रुपन्देही बीच स्वास्थ्य सुविधामा छुट तथा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । अस्पतालमा बुधबार आयोजित एक कार्यक्रमका बीच सो सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा साहसी कदम नेपाल तिलोत्तमा ३ को तर्फबाट अध्यक्ष आनीक राना मगर र क्रिमसन अस्पतालको तर्फबाट अध्यक्ष दुर्गा प्रसाद पाण्डेले हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार अबका दिनमा सवारी दुर्घटनामा परि वा अन्य कारणवश घाइते भएका साहसी कदम नेपालका सदस्यले क्रिमसन अस्पतालमा उपचार गराउदा बेड चार्ज, अप्रेशन चार्ज लगायत सम्पुर्ण सेवा सुविधामा २० प्रतिशत छुट प्राप्त गर्ने छन । संझौताका विषयमा प्रतिक्रिया दिदै अस्पतालका प्रमुख प्रसासकिय अधिकृत मनमोहन भट्टराईले अस्पतालबाट प्रदान गरिने उपचार सेवालाई गुणस्तरीय, मितब्ययी र पारदर्शी बनाउने उद्धेश्य अनुरुप नै साहसी कदम नेपालसँग विभिन्न ९ वटा बुँदामा संझौता गरिएको जनाए ।

छुटसहितको उपचार प्राप्त गर्न साहसी कदम नेपालका सदस्यहरुले कार्ड बनाउनु पर्नेछ भने संस्थामा आबद्ध अति बिपन्न बर्गलाई सिफारिश गरिएको खण्डमा बेड र ल्याबमा समेत निशुल्क सेवा प्रदान गरिने सम्झौता पत्रमा उल्लेख छ । सम्झौताका अवसरमा अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डे, प्रमुख प्रसासकिय अधिकृत मनमोहन भट्टराई, साहसी कदम नेपालका अध्यक्ष आनीक राना, रेशम न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

क्रिमसनमा आधुनिक प्रविधियुक्त, विभिन्न सेवा सुविधाहरू सहित उत्कृष्ट सेवा प्रदान गरिनुका साथै शीर्ष डाक्टरहरूको टोलीले उत्कृष्ट स्वास्थ्य सेवाहरू प्रदान गर्दै आईरहेको अस्पतालको दावी छ । अस्पतालले २४ सै घन्टा आपतकालीन सेवा, ओटी, ओपीडी, प्रयोगशाला, क्याथल्याब, शक्तिशाली सीटी स्क्यान मेसीन सहितको डिजिटल एक्सरे, एक्सरे, फिजियोथेरापी, डायलाईसिस लगायतका विभिन्न चिकित्सा सेवाहरूका साथै जनरल आईसीयू, सीसीयू, न्यूरो सर्जरी आईसीयू र केबिन जस्ता अति आवश्यकिय विभिन्न सेवा र सुविधाहरू उपलब्ध गराउदै आएको छ । 

तपाईको प्रतिक्रिया