00:00:00
स्वास्थ्य

कोलिय देवदह सहकारीका सदस्यले क्रिमसन अस्पतालमा छुट पाउने

बुधबार जेठ २३, २०८१/ Wednesday 06-05-24

तिलोत्तमा । जेठ २३ गते । रुपन्देहीको  तिलोत्तमा ५, मणिग्राममा रहेको क्रिमसन अस्पताल तथा देवदह ७ मा रहेको कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिच स्वास्थ्य सम्झौता भएकोे छ ।

अस्पतालमा आयोजित बिशेष कार्यक्रमका बीच अस्पताल प्रशासन र  कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि बिच स–सर्त सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा लिखित सम्झौता भएको अस्पतालका जनस्वास्थ्य अधिकृत चन्द्रकान्त बस्यालले बताए ।

सेवा सुबिधामा गरिएको सम्झौतासंगै अब कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थामा आबद्ध शेयर सदस्यले अस्पतालले दिने सेवा शुल्कमा १० प्रतिशत छुट पाउने भएका छन् ।

छुट सहितको उपचार सेवा लिन सेवाग्राहीले कार्ड बनाउनु पर्नेछ भने स्वास्थ्य सम्झौता भएका संस्थामा आबद्ध अति बिपन्न बर्गलाई सिफारिश गरिए बेड र ल्याबमा समेत निशुल्क सेवा प्रदान गर्न सकिने अस्पतालका निर्देशक डा शेखर पोख्रेलले जानकारी दिए ।

सम्झौताका अवसरमा अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डे, निर्देशक डा शेखर पोख्रेल, कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फ़बाट ब्यवस्थापक बिनोद पराजुली लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया