बैदेशिक रोजगार असुरक्षित बन्दै,ब्यवस्थित र सुरक्षित बनाउन आप्रवासन (सामी)कार्यक्रमको प्रयास
तिलोत्तमा ,५ जेठ । बिन्दु भट्टराई
सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले बैदेशिक रोजगारीमा विभिन्न स्थानमा पुगेका नेपाली नागरिकले दुख पाउनु दुखद् रहेको बताउनुभएको छ । सुरक्षित आप्रवासन सामी कार्यक्रमले सुरक्षित बैदेशिक रोजगारका सवालमा भैरहवामा गरेको पत्रकार अन्तर्कृयामा उहाँले बैदेशिक रोजगारलाई सुरक्षित बनाउन सामी कार्यक्रमले अझै काम गर्नुपर्ने खांचो औंल्याउनुभयो । उपप्रमुख अधिकारीले सरकारले गरेका प्रयासलाई तल्लो तहसम्म बुझाउन जरुरी रहेको औल्याउँदै नगरपालिकाले स्वदेश फर्किने युवालाई सानो सानो कामका मध्यमबाट जिबिकोपर्जनमा जोड्ने प्रयास थालेको जानकारी गराउनुभयो ।
आप्रवासन सामी कार्यक्रम जिल्ला कार्यक्रम संयोजक सीता पन्तले सीप नभएकैै कारणले दुख पाएका घटना सार्वजनिक भैरहंदा अहिले भने सिप सिकेर जानेको संख्यामा वृद्धि भएको बताउनुभयो । पन्तले वैदेशिक रोजगारलाई ब्यवस्थित, मर्यादित सुरक्षित बनाउन परियोजनाले प्रयास गरेको दावी गर्दै संचारमाध्यमको भुमिका महत्वपुर्ण हुने भन्दै सहयोग गर्न आग्रह गर्नुभयो । पन्तले बैदेशिक रोजगारमा ठगि धन्दा बढेको, एक देश पठाउने भनेर अर्को देश पठाएको,राम्रो कमाई हुने कम्पनीको नाम जोडेर अन्य देशमा पुर्याएका कारण यसलाई ब्यवस्थित मर्यादित सुरक्षित बनाउन परियोजनाले प्रयास गरेको समेत दावी गर्नुभएको छ ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका कमलकान्त खनाल,सामी कार्यक्रमका जिआउल हक लगायतले बैदेशिक रोजगारको प्राबधान कानुनी रुपमा बलियो भएको तर कार्यान्वयनको पाटो फितलो भएका कारण बैदेशिक रोजगारमा जानेहरुमा समस्या आएको बताउनुभयो । बैदेशिक रोजगारका लागि संस्थागत १११ वटा देश खुल्ला गरिएको र १७८ देशमा श्रम स्वीकृत लिएर जान सक्ने प्राबधान अनुसार गत १ वर्षमा ८ लाख बढी नेपाली नागरिक बैदेशिक रोजगारका लागि विभिन्न देशमा पुगेका सामीको तथ्याङ्क छ ।
तपाईको प्रतिक्रिया