00:00:00
स्थानिय

गौतमबुद्ध मार्ट प्रालीको भलवारीमा रक्तदान कार्यक्रम,५० युनिट रगत संकलन

शनिबार बैशाख २९, २०८१/ Saturday 05-11-24

तिलोत्तमा,२९ बैशाख । बिन्दु भट्टराई
गौतमबुद्ध( जिबी)मार्ट प्रालीले बृहत रक्तदान कार्यक्रम भलवारीमा सम्पन्न भएको छ । विभिन्न ब्यवसायीहरु जोडिएर स्थापना गरिएको जिबि मार्टले शनीबार तिलोत्तमा ७ का वडा अध्यक्ष देवीप्रसाद पंगेनीद्धारा नेपाल स्यमसेवी रक्तदाता समाज तिलोत्तमाका धनपति पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरि रक्तदान कार्यक्रमको उद्धघाटन गरिएको हो ।

उद्धघाटन पछि बोल्दै प्रमुख अथिति पंगेनीले ब्यवसायिक सफलताको शुभकामना दिदै निश्वार्थ सेवा भावनाले रक्तदान कार्यक्रमको आयोजना गरेकोमा जिबि मार्ट प्राली प्रति धन्यवाद ब्यक्त गर्नुभयो । रक्तदानका बारे म धेरै बोल्दिन अहिले रक्तदानप्रति मानिसको रुचि देखिन्छ,यो यस्तै संस्थाले गर्छ र यसको अनुसरण गर्दै देशब्यापी बनेको छ,निकै स्रहानिय काम हो, धरैलाई बचाएको छ म खुलेर प्रशंसा गर्न चाहन्छु पंगेनीले भन्नुभयो । उहांले ब्यवसायिक समस्या समाधानका लागि सकेको सहयोग गर्ने  प्रतिवद्धता समेत जानाउनुभएको छ । 

जिबि मार्ट प्रालीका अध्यक्ष शुष्मा हमालको अध्यक्षतामा भएको कार्यक्रममा हमालले ब्यक्तीको स्वास्थ्य भन्दा ठुलो कुरा केही हुन नसक्ने उल्लेख गर्दै तिलोत्तमामा रगत अभावमा मृत्युवरण गर्ने अवस्थालाई दुर गर्न रक्तदाता समाजले चलाएको अभियानमा यो मार्ट प्रालीपनि जोडिएको उल्लेख गर्नुभयो । 

त्यस्तै कार्यक्रममा सल्लाहकार देवानन्द पाण्डेले यस क्षेत्रमा कृयाशिल सामाजिक ब्यक्ती,ब्यवसायी,उद्यमीको सहकार्यमा आफ्नो उत्पादनलाई प्रोत्साहन गर्ने उद्धेश्यले जिबि मार्ट संचालन गरिएको जानकारी गराउनुभयो । पाण्डेले एउटै छातामुनि संपुर्ण सामागी्र सुपथ , सुलभ मुल्यमा पाइने बताउंदै प्राली  गुणस्तरीय उपभोग्य बस्तुको ब्यवस्थित पसलका रुपमा रहेको समेत स्पष्ट पार्नुभएको छ । 

हालको अप्ठ्यारो समयमा पनि ब्यवसायमा भविश्य खोजेको बताउंदै जिबि मार्ट प्रालिका कार्यक्रम संयोजक विष्णु पाण्डेले एकताले जस्तोसुकै जटील परिस्थितिलाई पनि पार गर्न सक्ने विश्वास ब्यक्त गर्नुभयो । उहांले ब्यवसायसंगै सामाजिक दायित्वका रुपमा सेवा भावनालाईपनि अगाडि बढाउंदै जाने बताउनुभयो । 

कार्यक्रममा प्राालीका सल्लाहकार तथा लुम्विनी प्रदेशका पशुपंक्षी निर्देशनालयका राजेन्द्र सुवेदीले नेपालीमा रगतदानको प्रकृतिलाई हेर्दा निर्यातनै गर्न पुग्ने अवस्था सृजना हुनुपर्ने उल्लेख गर्दै मुलुकको खानपान र जीवनशैलीका कारण त्यो अवस्था नहुनु दुखद भएको बताउनुभयो । गौतमबुद्ध –(जिबि) मार्ट प्राली गएको भदौदेखि सुरु भएको हो । उक्त प्रालीमा ८५ जना ब्यवसायी आवद्ध छन् । आगामी दिनमा अन्य ब्यवसायीलाई जोडेर सय जना पुर्याउने लक्ष लिएको प्रालीका सदस्य केशब गौतमले बताउनुभयो । नेपाल स्यमसेवी रक्तदाता समाज तिलोत्तमाको प्रविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको संयोजक पाण्डेले जानकारी दिनुभयो ।  


 

तपाईको प्रतिक्रिया