विजय ज्योति सहकारीका शेयर सदस्यले क्रिमसन अस्पतालमा छुट पाउने
तिलोत्तमा । बैशाख १८ गते । रुपन्देहीको तिलोत्तमा ५ ,मणिग्राममा अवस्थित क्रिमसन अस्पताल तथा तिलोत्तमा ८ मा रहेको विजय ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिच स्वास्थ्य सम्झौता भएकोे छ । क्रिमसन अस्पतालमा आयोजित बिशेष कार्यक्रमका बीच अस्पताल प्रशासन र विजय ज्योतिसहकारी संस्था लिमिटेड बिच स–सर्त सर्वसुलभ स्वास्थ्य सेवाबारे लिखित सम्झौता सम्पन्न भएको अस्पतालका जनस्वास्थ्य अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिनुभयो ।
सम्झौतासंगै अब विजय ज्योति बचत तथा ऋण सहकारीमा आबद्ध शेयर सदस्यले अस्पतालले दिने सेवा शुल्कमा १० प्रतिशत छुट पाउने भएका छन् । उपचारमा छुटका लागि सेवाग्राहीले कार्ड बनाउनु पर्नेछ भने स्वास्थ्य सम्झौता भएका संस्थामा आबद्ध अति बिपन्न बर्गलाई सिफारिश गरिए बेड र ल्याबमा समेत निशुल्क सेवा प्रदान गर्न सकिने अस्पतालका निर्देशक डा शेखर पोख्रेलले जानकारी दिनुभयो ।
सम्झौताका अवसरमा अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डे, निर्देशक डा शेखर पोख्रेल, विजय ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तपÞर्mबाट उपाध्यक्ष नेत्र प्रसाद न्यौपाने, तथा साक्षीको रुपमा कृष्ण प्रसाद तिवारी लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया