तिलोत्तमाको सुपौलीमा बैशाष १५ गतेदेखि ब्याडमिन्टन तालिम शुरू हुदै
प्रकाश पाण्डे । तिलोत्तमा चैत्र १३ गते । लुम्बिनी स्पोर्ट्स कल्ब तिलोत्तमा सुपौलिमा नियमित ब्याडमिन्टन तालिम हुने भएको छ । ब्याडमिन्टन ट्वान्टी वान र लुम्बिनी स्पोर्ट्स कल्ब बिच भएको सम्झौता अनुसार आधारभुत इन्टरमिडियम र एड्भान्स गरि तीन तहमा प्रशिक्षण सन्चालन हुने भएको हो । इन्डो नेपाल मैत्रीपुर्ण ब्याडमिन्टन खेल खेल्दै नेपाल भरी प्रतियोगिता खेलेको ब्याडमिन्टन टोली ट्वान्टी वान भारतका प्रतिनिधि टोलि सोमबार तिलोत्तमा आएको थियो ।
सो अवसरमा ब्याडमिन्टन ट्वान्टी वान र लुम्बिनी स्पोर्ट्स कल्बका खेलाडिहरु बिचमा मैत्रीपुर्ण प्रतियोगिता समेत भएको थियो । प्रतियोगितामा सहभागी नेपालका खेलाडिहरुलाई ब्याडमिन्टन ट्वान्टी वान भारतका अध्यक्ष बिकास सुक्लाले मेडल र प्रमाणपत्र बितरण गर्नुभएको थियो भने भारतिय खेलाडिहरुलाई लुम्बिनी स्पोर्ट्स कल्बका उपाध्यक्ष राजेन्द्र गुरुङले प्रमाणपत्र बितरण गर्नुभएको थियो ।
तालिम सन्चालन गर्ने विषयमा ब्याडमिन्टन ट्वान्टी वानका अध्यक्ष बिकास सुक्ला र लुम्बिनी स्पोर्ट्स कल्बका उपाध्यक्ष राजेन्द्र गुरुङको बिचमा हस्ताक्षर र सम्झौता भएको छ । सम्झौता अनुसारको तालिम बैशाख १५ गतेदेखि नियमित सञ्चालन हुनेछ । लुम्बिनी स्पोर्ट्स कल्बका अध्यक्ष प्रतबहादुर पुनको अध्यक्षता रहेको कार्यक्रममा संस्थाका उपाध्यक्ष राजेन्द्र गुरुङको स्वागत र सहसचिव सुन्दर गुरुङले कार्यक्रमको सन्चालन गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया