तिलोत्तमा ब्यापार संघका सदस्यलाई क्रिमसन अस्पतालमा छुट
तिलोत्तमा । बैशाष १२ गते । रुपन्देहीको तिलोत्तमा ५ मा अवस्थित क्रिमसन अस्पताल तथा तिलोत्तमा ब्यापार संघ मणिग्राम बिच स्वास्थ्य सम्झौता भएकोे छ । स्वास्थ सेवामा आम समुदायको सर्वसुलभ पहुच बढाउने उद्धेश्यले सम्झौता गरिएको अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
तिलोत्तमा ब्यापार संघका अध्यक्ष नेत्र प्रसाद न्यौपानेले संघमा आबद्ध सदस्यहरुलाई छुट सहितको सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्य सहित स्वास्थ्य सम्झौता गरिएको प्रतिक्रिया दिनुभयो । अस्पताल परिसरमा बुधबार आयोजित एक कार्यक्रमका बीच अस्पताल प्रशासन र तिलोत्तमा ब्यापार संघ बिच स–सर्त सर्वसुलभ स्वास्थ्य सेवा दिने बारेको लिखित सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिनुभयो ।
सम्झौतासंगै अब तिलोत्तमा ब्यापार संघमा आबद्ध सदस्यले अस्पतालद्धारा प्रदान गरिने सेवा शुल्कमा १० प्रतिशत छुट पाउने छन् । त्यसका लागि सेवाग्राहीले कार्ड बनाउनु पर्नेछ भने संघमा आबद्ध अति बिपन्न बर्गलाई सिफारिश गरिएको खण्डमा बेड र ल्याबमा समेत निशुल्क सेवा प्रदान गरिने सम्झौता पत्रमा उल्लेख छ ।
सम्झौताका अवसरमा अस्पतालका निर्देशक डा शेखर पोख्रेल, प्रमुख प्रसासकिय अधिकृत मनमोहन भट्टराई, जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्याल, तिलोत्तमा ब्यापार संघको तपÞर्mबाट अध्यक्ष नेत्र प्रसाद न्यौपाने, तथा प्रथम उपाध्यक्ष मान बहादुर बर्मा लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया