00:00:00
स्थानिय

तिलोत्तमा ३ शंकरनगरमा  निर्मित नव दुर्गा मन्दिरको प्राण प्रतिष्ठा सूरु

आइतबार बैशाख २, २०८१/ Sunday 04-14-24

तिलोत्तमा,२ चैत । 

तिलोत्तमा नगरपालिका वडा नं ३ शंकरनगरमा निर्मित नव दुर्गा मन्दिरको प्राण प्रतिष्ठा सूरु भएको छ । स्थानीयको उत्साहजनक सहभागीतामा आईतबार वडा नं ३ को कार्यालय परिषरमा रहेको मन्दिरको पुननिर्माण गरि दुर्गा भवानीको मुर्ति प्राण प्रतिष्ठा गरिएको हो। 

आईतबार बिहान शोभा कलस गरी सूरु गरिएको प्राण प्रतिस्ठाको कार्य ३ र ४ गते भजन कर्तन र प्रवचन गरी सम्पन्न हुने मन्दिर ब्यवस्थापन समिति अध्यक्ष मिन प्रसाद पोखरेलले बताउनुभएको छ ।  

मन्दिरबाट सूरु गरिएको शोभा कलश यात्रा मदिर भन्दा करिव १ किलोमिटर दक्षिणमा शिवालय मन्दिरमा राखिएको दुर्गा भगवतीको प्रतिमालाई बिधिवत रुपमा पुजा गरी मन्दिर पुर्याईएको पोखरेलले बताउनुभयो।  

तिलोत्तमा नगरपालिकाको १० लाख रुपैया सहयोग र स्थानीयको आर्थिक तथा जिन्सी सहयोग संगै  मन्दिर पुननिर्माण गरिएको पोखरेलको भनाई छ ।  

मन्दिरका लागि दुर्गा भगवतीको मन्दिर स्थानीय रमेश थापाले, मन्दिरको अग्रभागमा राखिने सिंहका दुईवटा मुर्ति स्थानीय समाजसेवी रुद्र श्रेष्ठले तथा दुई वटा मुख्य घण्ट तिलोत्तमा नगरपालिका वडा नं ३ का पुर्व वडाध्यक्ष टंक तिवारीले सहयोग गरेको मन्दिर ब्यवस्थापन समितीले जनाएको छ। मन्दिर निर्माणमा २५ लाख रुपैया खर्च भैसकेको र काम बांकी रहेकोले  निर्माण सम्पन्न हुदासम्म  ३५ लाख लागत लाग्ने अनुमान गरिएको पोखरेलको भनाई छ । 

तपाईको प्रतिक्रिया