तिलोत्तमा व्यापार संघद्वारा भित्तोपात्रो विमोचन तथा शुभकामना आदानप्रदान
प्रकाश पाण्डे । चैत्र २२ गते । तिलोत्तमा व्यापार संघले नयाँ वर्ष २०८१ सालको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । संघको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले भित्तेपात्रोको विमोचन गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै पोखरेलले नयाँ वर्षको आगमनसँगै आर्थिक संकटबाट मुक्त हुने, अर्थतन्त्र चलायमान हुने र व्यवसायीमाथि आइपरेका कठिनाइहरु अन्त्य हुन सकोस् भनी शुभकामना दिनुभयो । साथै उहाँले आगामी दिनमा व्यवसायीहरुको हकहितका साथै सामाजिक क्षेत्रमा समेत तिलोत्तमा व्यापार संघले आफ्ना गतिविधिहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
संघका संस्थापक अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका महासचिव जेपी कंडेल, संघका अध्यक्ष नेत्रप्रसाद न्यौपाने, संघका निवर्तमान अध्यक्ष बाबुलाल भुसाल, सल्लाहकारद्वय लक्ष्मण पौडेल, हरिप्रसाद कंडेल, ईप्रका मंगलापुरका प्रमुख टेकराज भण्डारी, संघका वरिष्ठ उपाध्यक्ष विष्णु बहादुर बराल क्षेत्री, महासचिव चेतनारायण विश्वकर्मा (विष्णु) लगायतले बोल्दै सस्थाले लिएका उद्देश्य, लक्ष्य र कार्ययोजनालाई सार्थक बनाउन आग्रह गर्नुभयो ।
बक्ताहरुले संघको सचिवालय भवन निर्माणका लागि तिलोत्तमा नगरपालिकाले अहिलेसम्म सहयोग नगरेको भन्दै अवका दिनमा सार्थक ढंगले यसलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । संघले आफ्नो कार्ययोजना अनुसार शुभकामना आदानप्रदान कार्यक्रम गरेको कार्यालय प्रमुख रामप्रसाद सापकोटाले जानकारी रेडियो लुम्बिनीलाई जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया