स्थानिय
पन्चमी बचत तथा ऋण सहकारीद्धारा भित्तेपात्रो विमोचन सम्पन्न
बिहीबार चैत २२, २०८०/ Thursday 04-04-24
प्रकाश पाण्डे । चैत्र २२ गते । पन्चमी बचत तथा ऋण सहकारी संंस्था लिमिटेड तिलोत्तमा ८ ले नयाँ बर्ष २०८१ सालको भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमा ८ स्थित चार नम्वरमा अवस्थित संस्थाको आफ्नै भवनमा आयोजित एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष मोहनराज शर्माले भित्तेपात्रो विमोचन गर्दै संस्थाले सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील रही काम गर्दै आएको स्मरण गर्नुभयो ।
साथै वहाँले आगामी दिनमा पनि संस्थाले समाजसेवामा निरन्तर काम गर्ने जानकारी दिनुभयो । सो अवसरमा संस्थाका सन्चालक समिति, सल्लाहकार, एवं शेयर सदस्य लगायतको सहभागिता रहेको थियो । २०५४ सालमा स्थापित सहकारीमा हाल ८१५ जना शेयर सदस्य रहेका छन भने संस्थाको कुल पुजीँ २३ करोड रहेको संस्थाका सचिव रमाकान्त भुषालले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया