तिलोत्तमा ,चैत ७
बिन्दु भट्टराई ।
काली गण्डकीको तिरमा एउटा चम्किलो मन्दिर वरिपरि दर्शनार्थीको घुईंचो यो कल्पनाले पर्यटन ब्यवसायी समेत रहेकी रचना पन्तलाई हरेक रात सपनीमा झस्काउंछ । त्यही सपनाले हो उनलाई माटो र संस्कृति चिन्न सिकाएको , हो त्यही सपनाले हो पन्तलाई देश र समाजलाई केही गर्नुपर्छ भन्ने हुटहुटी जगाएको ।
पंक्तिकारसंगको पटकपटकको भेटमा रचना सधै सुनाउंिथन माटोका लागि पागल पनि हुनुपर्दो रहेछ,एउटा गफमा रचनाले स्मरण गरिन २०७० सालको त्यो दिन,उनलाई लाग्यो आफ्नो माटो र ढुंगालाई विश्वभर चिनाउन सकिन्छ,धर्म र संस्कृतिलाई जोगाउन सकिन्छ भने केही किन नगर्ने ?
पर्यटन ब्यवसायी भएकोले थोरै धेरै सम्वन्धहरु बनिसकेका थिए उनले सम्बन्धका केही साथीहरुलाई कालीगण्डकीको शिलाको संरक्षण र पर्यटन आकर्षण गर्ने आफ्नो योजना सुनाईन् । धेरैले उनलाई हुनै नसक्ने पागलपन हो पनि भने ,हो रचनालाई त्यही वेला लाग्यो आफ्नो धर्म र संस्कृति जोगाउंदा पागल हुन्छु भने वरु हुन्छु नि ....
गुल्मिको छत्रकोटमा जन्मिएकी पन्तलाई सानैदेखि समाज र देशका लागि केही न केही गर्नुपर्छ भन्ने त थिया,े तर यसरी पर्यटन ब्यवसायमा भरपुर रमाउंछु भन्ने भने कहील्यै लागेन । २०५६ तिर उनलाई रेडियोमा काम गर्ने रहर जाग्यो उनीलाई बुवा हजुरबुवाहरुले झुण्ड्याउने रेडियोभित्र बसेर बोल्दा धेरैले चिन्छन् भन्ने लाग्यो त्यही हुटहुटीलाई पच्छ्याउदै २०५५ सालमा खुलेको उपत्यका बाहीरको पहिलो सामुदायिक रेडियो लुम्विनीमा कार्यक्रम प्रस्तोताको रुपमा आईन् ,तर रेडियोमा रहीरहन भने सकिनन् वा मन लागेन । त्यसपछि उनी अरु केही गरौं भनेर पर्यटन ब्यवसायतर्फ होमिईन् । संघर्षको विन्दु सवैको कठिन नै हुन्छ रचना भन्छिन् पर्यटन ब्यवसायले मलाई पैसा र आम्दानी भन्दा पनि नाम र सन्तुष्टि दियो ,अझै भन्नुपर्दा मेरो सपना नै थियो ।
उनीलाई पंक्तिकारले सोध्यो महिला भएकै कारण धरैले संघर्ष गर्नुपर्यो भन्छन् तपाई केलाई संघर्ष मान्नुहुन्छ ? पन्त भन्छिन् सफलता पाउनका लागि जसले पनि संघर्ष त गर्छ,गर्नैपर्छ तर पाएको सफलतालाई जोगाउन संघर्ष गर्ने निकै कम हुन्छन् । बाहीर मरुभुमि वेचेर प्रशस्त पैसा कमाउन सकिन्छ भने हामि आफ्नो ऐतिहासिक तथ्यलाई संवद्र्धन गरेर आस्थाको केन्द्र किन बनाउन सक्दैनौ ?
आजभन्दा २० महिना अगाडी आफुलाई पागल भन्नेहरु आज आफैसंग उभिएको देख्दा सपना देखेर मात्र हुंदो रहेनछ सपनालाई साकार बनाउन त्यसलाई पच्छ्याउनै पर्दो रहेछ भन्ने लागिरहन्छ । अहीले रचनासंग थोरै धेरै सम्वन्धहरु छन् । सरकारी ब्यक्ती र संघसंंस्थाहरु साथमा छन्,स्थानीयवासीले हौंस्याईरहेका छन्,कालीगण्डकी किनारका शिलाले डाकिरहेका छन्, रचनालाई लागिरहेको छ आफुले देखेका सपनाको सन्निकट छु । अव अलिकति मात्र बल गरें भने मेरो सपना साकार हुन्छ पंक्तिकारसंग रचना हौंसिईन
अहीले रचना रुरुमा बैशाख ७ गते बेलहिया रुरु कोरोलासम्म हुन लागेको धार्मिक पर्यटकिय मार्ग र्याली र पहिलो धाम शालिग्राम महोत्सव बर्ष २०८१ को तयारीमा छन् । रचना यो अभियानका बारे प्रशस्त चासो ब्यक्त भएको देखेर हुन लागेको महोत्सव सफल हुने कुरामा उनी विश्वस्त सुनिईन् । अन्त्यमा पंक्तिकारले रचनालाई सोध्यो पर्यटनका विधा यत्रा हुंदा तपाई धार्मिक पर्यटनमै किन त ? पन्त भन्छिन् सवैभन्दा आनन्द नदिका किनारमा लाग्छ । जो कोही मानिस नदिको किनारमा पुग्छ उ जीवनको सकरात्मकताबारे सोंचेर फर्कन्छ,तर फर्किएपछि लोभ,क्रोध र मोहमा फस्छ र आफुले गरेको संकल्प विर्सन्छ । मेरो एउटै उद्धेश्य छ , मानिसहरुमा जीवनको सकरात्मकताको चेत पसोस् र पटकपटक शालिग्रामलाई छोपेर महशुस गरिरहुन् । मेरो यात्रा पनि त्यहींसम्मको हो,र प्राण रहुन्जेल ,त्यहांसम्म नपुगुञ्जेल म थाक्दिन,र यात्रा निरन्तर रहन्छ ।
तपाईको प्रतिक्रिया