तिलोत्तमा–८ मा भान्सा सुधार तथा करेसाबारी सम्बन्धी तालिम शुरु
प्रकाश पाण्डे । फागुन २२ गते । रुपन्देहीको तिलोत्तमामा भान्सा सुरक्षा तथा करेसाबारी सम्बन्धि २ दिवसिय कार्यक्रम शुरु भएको छ । मानव स्वास्थ्यमा खानपानले पार्ने असर र दिर्घकालिन रुपमा देखा पर्ने विभिन्न नसर्ने रोग तथा ती रोगहरुको निवारणमा टेवा पुर्याउने उद्धेश्य सहित करहिया सामुदायिक बनको सभाहलमा कार्यक्रमको आयोजना गरिएको हो ।
तिलोत्तमा नगरपालिका वडा न–८ को आयोजना रहेको कार्यक्रमको सोमबार एक समारोहका बीच मेयर रामकृष्ण खाँड तथा उपमेयर जागेश्वर देवी चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन । सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख खाँड़ले स्वस्थ जीवन जीउन खानपानले महत्वपूर्ण भूमिका खेल्ने बताउदैै भान्सा सुरक्षा तथा करेसाबारीमा ध्यान दिन सके मात्रै पनि आधा भन्दा बढी रोग निवारण गर्न सकिने बताए ।
कार्यक्रमका प्रमुख अथिति समेत रहनुभएका खाँड़ले मधुमेह, थाइराइड लगायतका विभिन्न दिर्घ रोगहरु खनपान कै कारणले हुने भन्दै घरमै उत्पादन गरिएका बिषादी रहित खानपानमा ध्यान दिन आग्रह गरे । करेसाबारीलाई अनिवार्य गर्दा कृषिखेतीको प्रवद्र्धन हुने र अग्र्यानिक तरकारी घरमै उत्पादन हुँदा विषादीजन्य तरकारी सेवन गर्नुपर्ने बाध्यात्मक अवस्थामा कमी आउने मेयर खाँड़को भनाई छ ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वर देवी चौधरीले करेसाबारीमा फलाइने उत्पादनले स्वस्थ शरीर मात्र होइन, घरलाई समेत सुन्दर र स्वच्छ राख्न मद्दत पुर्याउने बताइन । साथै उनले खानपानमा खेलवाड नगर्न एवं बानी परिवर्तन गर्न सहभागीहरुलाई आग्रह गरिन । सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिका वडा न ८ का अध्यक्ष कृष्णप्रसाद पौडेलले स्वास्थ्य जीवन शैली अपनाई ट्याब्लेट र गोलि खानुपर्ने बाध्यताको अन्त्यका लागि कार्यक्रमको आयोजना गरिएको बताए ।
खानपान कै कारण मानिसहरुमा नसर्ने ठुला रोगहरु लाग्ने गरेको भन्दै वडाबासीलाई भान्सा सुधार तथा करेसाबारी तर्फ आकर्षित गर्न कार्यक्रम आयोजना गरिएको बताए । तालिमको सहजीकरण गर्दै तिलोत्तमा आयुर्वेदिक औषधालयका प्रमुख डा प्रकाश ज्ञवालीले भान्सा र खानपान कै कारण रोगहरुले शरिरमा डेरा जमाउने गरेको भन्दै कारण स्वास्थ्यबर्द्धक खानपानका लागि सबैले भान्सा सुधारमा ख्याल गर्नुपर्ने बताए ।
तालिममा स्थानीय जातका तरकारी लगाउन प्रोत्साहन गरिने र हाइब्रीड जातको समेत जानकारी गराइने छ । भान्साबाट निस्कने फोहरलाई ब्यवस्थापन गरी मल बनाउने विधि समेत तालिममा सिकाइएको ज्ञवालीले बताए । कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा न ६ का अध्यक्ष गणेश पाठक, नेकपा एमाले रुपन्देहीका सचिब यज्ञ गैरे, करहिया सामुदायिक बनका अध्यक्ष एवं नेपाली काग्रेश तिलोत्तमा नगरसभापति हरिलाल पाण्डे, डाक्टर सन्दिप कार्कीसहित विभिन्न टोल बिकाश सस्थाका पधादिकारी, आमा समुह, कृषि संजालका अगुवा लगायतको सहभागिता रहेको कार्यक्रममा १५० बढीको सहभागिता रहेको थियो ।
सोमबारबाट शुरु भई आज मंगलबारसम्म चल्ने कार्यक्रममा खानपानका कारण हुने जटिल नसर्ने रोग, भान्सा सुरक्षा तथा करेसाबारी लगायत विभिन्न बिषयमा सहभागीहरुलाई प्रशिक्षण तथा स्वास्थ्य चेकजाँच र औषधी समेत वितरण गर्ने कार्यक्रम रहेको वडासचिव शिवु पाण्डेयले जानकारी दिएका छन ।
तपाईको प्रतिक्रिया