00:00:00
राष्ट्रिय

त्रिदेशीय टी–२० शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा,खेल हङकङमा हुने

आइतबार फाल्गुण २०, २०८०/ Sunday 03-03-24


  फागुन २०, 
 नेपाल, हङकङ र पपुवा न्युगिनी बीच हङकङमा हुने त्रिदेशीय टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घले आज रोहित पौडेलको कप्तानीमा खेल्ने १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा लोकेश बम फर्किएका छन् भने आसिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र अनिल शाहलाई आराम दिइएको छ । शृङ्खला यही मार्च ९ तारिख अर्थात् आउँदो शनिवारदेखि मार्च १३ तारिखसम्म चल्नेछ ।

आउँदो विश्वकपको तयारीस्वरुप यो शृङ्खला हुन लागेको हो । नेपालले मार्च १० मा शृङ्खलाको पहिलो खेल हङकङसँग र मार्च ११ मा दोस्रो खेल पिएनजीसँग खेल्नेछ । मार्च १३ मा शीर्ष २ टोलीले फाइनल खेल्नेछन्।

तपाईको प्रतिक्रिया