सामान्य उपचारका लागि बुटवल भैरहवा पुग्नुपर्ने बाध्यता हट्यो भन्दै तिलोत्तमा ६ का जेष्ठ नागरिक खुसी
बिन्दु भट्टराई
सामान्य उपचारका लागि बुटवल भैरहवा पुग्नुपर्ने बाध्यता हट्यो भन्दै स्थानीय जेष्ठ नगरिकहरु खुसी भएका छ्न् । तिलोत्तमा ६ आनन्दवन स्वास्थ्य चौकिमा वडा अध्यक्षसंग जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम संचालन भएसंगै मंगलबार वडा भित्रका ६८ बर्ष भन्दा माथिका जेष्ठ नागरिकले निशुल्क स्वास्थ्य उपचार गराएका हुन् ।
तिलोत्तमा वडा नम्बर ६ को आयोजना ,लायन्स क्लब अफ बुटवल कालिकाको समन्वयमा १ सय ७१ जनाले स्वास्थ्य परिक्षण गरेका छन् ,७८ जनाले ल्याब परिक्षण गराएका थिए भने ५५ जना जेष्ठ नागरिकले स्वास्थ्य बिमा गरेका छन् ।
कार्यक्रममा वडा अध्यक्ष गणेश पाठकले भौतिक बिकासलाई मात्र बिकास मान्ने प्रवृति बढिरहेको समयमा भौतिक विकास संगै मानवीय विकासलाई पनि जोड दिदै कार्यक्रम गरेको बताउनुभयो । पाठकले वडाभित्रका सम्पुर्ण जेष्ठ नागरिकलाई समेट्ने गरि कार्यक्रम ल्याएको भन्दै वडा भित्र हरेक १५–१५ दिनमा ३ वटा स्थानमा स्वास्थ्य उपचार स्थान तोकेर निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको जानकारी गराउनुभयो । आगामी फागुन २२ गते ५ जना डा.को साथमा ७ लाखभन्दा बढिको निशुल्क औषधि वितरण गरिने उहांको भनाई छ ।
त्यस्तै आनन्दवन स्वास्थ्य चौकिका प्रमुख ज्ञानप्रसाद पौडेलले बालमृत्युदर घटाउन,मातृ मृत्युदर कम गर्न र जेष्ठ नागरिकका स्वास्थ्य समस्या मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको बताउनुभयो । पौडेलले निशुल्क उपचार,निशुल्क औषधि वितरण साथै निशुल्क ल्याब परिक्षण समेत गरिएको जानकारी गराउनुभयो । लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा. प्रेम प्रकाश पौडेलले जेष्ठ नागरिक परिक्षणमा सहजीकरण गर्नुभएको कार्यक्रममा जेष्ठ नागरिक लक्षित बित्तीय साक्षरता शिक्षा समेत प्रदान गरिएको थियो ।
प्रभु बैंक मणिग्राम शाखाका प्रबन्धक सन्तोष खत्रीले जेष्ठ नागरिकहरु भत्ता अर्थात बैंकमा कारोबार गर्न जांदा ब्यहोर्नुपरेको समस्या बारे प्रष्ट पार्दै एकैपटक भिडभाडमा भन्दा पनि ८,१० दिनपछी जांदा भिड कम हुने र झन्झट नहुने र सामान्य पनि बित्तीय साक्षरतामा कमि भएका कारण पनि अनावश्यक दुख पाउनुपरेकोप्रति सचेत गराउनुभयो । कार्यक्रममा बैकका अप्रेश्न इन्चार्ज इशा श्रेष्ठ,स्वास्थ्य चौकिका ब्यवस्थापन समितिका सदस्य अर्जुनराज उपाध्याय ,लायन्स क्लब अफ बुटवल कालिकाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन वडा सचिव कृष्ण बहादुर क्षत्रीले गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया