सियारी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना
तिलोत्तमा । फागुन ८ गते । रुपन्देहीको तिलोत्तमा ५ मा अवस्थित क्रिमसन अस्पताल तथा रोटरी क्लब अफ बुटवल साउथको संयुक्त आयोजना निःशुल्क विशेषज्ञ सहितको स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
जिल्लाको सियारी गाउँपालिका वडा नम्बर ५ को कार्यालयमा आयोजित शिविरमा सयौंको संख्यामा उपस्थित सर्वसाधरणले निःशुल्क सेवा लिएको क्रिमसन अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिनुभयो ।
शिविरमा निःशुल्क विशेषज्ञ स्वास्थ्य परीक्षण गरिनुका साथैै निःशुल्क औषधि समेत वितरण गरिएको थियो । शिविरमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ, नाक कान घाँटी रोग विशेषज्ञ, जनरल फिजिसियन, जनरल सर्जरी, बालरोग विशेषज्ञ लगायतका विशेषज्ञ सेवाहरू प्रदान गरिएको थियो ।
रोटरी ई– क्लब अफ मेडिकोफ्युजन हाईब्रिड नेपाल र सियारी गाउँपालिका वडा नम्बर ५ को सहआयोजनामा शिविर सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया