00:00:00
शिक्षा

विश्वशान्ति सामुदायिक आधारभूत विद्यालयको १९ औं वार्षिकोत्सव सम्पन्न

सोमबार फाल्गुण ७, २०८०/ Monday 02-19-24

प्रकाश पाण्डे । फागुन ७ गते । विश्वशान्ति सामुदायिक आधारभुत विद्यालय तिलोत्तमा–९, नन्दनवनको १९ औं बार्षिकोत्सव एवं अभिभावक दिवस सोमबार सम्पन्न भएको छ । विद्यालयका अध्यक्ष हरि पाण्डेको अध्यक्षता एवं तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीको प्रमुख आतिथ्यमा रहेको कार्यक्रममा चौधरीले शिक्षालाई सिपसँग जोडेर लैजानु आजको आवश्यकता रहेको बताउनुभयो ।

गुणस्तरीय शिक्षा प्राप्तिका लागी व्यवसायिक र प्रयोगात्मक शिक्षालाई अंगाल्न सके सोचेजस्तो जनशक्ति उत्पादन गर्न सकिने चौधरीको बताउनुभयो  । विश्वशान्तिले छोटो समय मै सामुदायिक विद्यालयहरुको भिडमा छुट्टै र उत्कृण्ट पठनपाठन गरेको भन्दै उहाँले विद्यालयको प्रशंशा समेत गर्नुभयो । कार्यक्रममा विश्वशान्ति सामुदायिक आधारभुत विद्यालयका प्रधानाध्यापक डोलराज पाण्डेले विद्यालयको आर्थिक, शैक्षिक एवं वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उच्च कोटीको शैक्षिक गुणस्तरका लागि तीनै तहका सरकारलाई सहयोगको दायरा बढाउन आग्रह गर्नुभयो ।

तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा प्रदेश विद्यालय व्यवस्थापन समिति महासंघ अध्यक्ष शरद भट्टराई, तिलोत्तमा वडा न ९ का अध्यक्ष ध्रुव न्यौपाने, विद्यालयका पुर्व अध्यक्ष एवं सल्लाहकार विष्णु प्रसाद पाण्डे, तिलोत्तमा ९ का वडा सदस्य कमल रेग्मी, जनजागृति माविका प्रअ टंक पौडेल, ज्ञानोदय टोल विकाश समितिका अध्यक्ष बेद प्रकाश न्यौपाने, शिक्षिका लक्ष्मी गौतमलगायतले मन्तव्य राख्नुभएको थियो ।

विद्यालयको बृहतर विकाशमा लागिपर्ने विभिन्न ब्यक्ति विशेष लगायत उच्च अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको कार्यक्रममा रु २५ हजार १ सय बराबरको कृष्ण लक्ष्मी स्मृति अक्षयकोषको स्थापना गर्ने दिवंगतका छोरा अर्जुन भट्टराई र बुहारी सिर्जनालाई समेत सम्मान गरिएको  थियो  । विभिन्न अक्षयकोषबाट प्राप्त ब्याजबाट गरिव तथा जेहेन्दार ६ जना विद्यार्थीहरुलाई छात्रवुत्ति प्रदान गरिएको कार्यक्रममा विभिन्न नृत्य, गायन तथा साँस्कुतिक कार्यक्रम प्रस्तुत गरिएकोे थियो। जानकी भण्डारीको स्वागत रहेको कार्यक्रममा सहायक प्रअ तारा प्रसाद अर्यालले कार्यकमको सन्चालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया