00:00:00
स्थानिय

नयां कार्यसमिति चयन गर्दै सकियो सत्यवती गाउपालिका गुल्मीको दोश्रो अधिवेशन

सोमबार फाल्गुण ७, २०८०/ Monday 02-19-24

तिलोत्तमा,७ फागुन । 
राष्ट्रिय युवा संघ नेपाल सत्यवती गाउपालिका गुल्मीको दोश्रो अधिवेशन तथा बृहत युवा भेला सम्पन्न भएको छ । युवा जनशक्ति पलायन भएसंगै गाउं खाली हुदैं गईरहेको अवस्थामा युवा सकृयतामा भेलाले जोड दिएको हो । 

भेलाले मौसम  कुवरको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा गिरीप्रसाद श्रेष्ठ,महिला उपाध्यक्ष केशरी कुँवर, कोषाध्यक्षमा काशिराम सारु, सचीव दीपक भण्डारी, सह सचिव पार्वती गौतम ÷कुशल सुर्यवंशि लगायतलाई चयन गरेको छ । त्यस्तै भेलाले युथफोर्सतर्फ अमृत पाण्डे संयोजक र रेशम कुवंरलाई सहसंयोजकमा चयन गरेको छ । 

डिल्लीराज भण्डारी डिलुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति राष्«िटय युवा संघ नेपालका केन्द्रिय महासचिव सुमन पुरीले सरकारको उदासिनताका कारण युवा जनशक्ती पलायन हुने अवस्था आएको बताउनुभयो । कार्यक्रममा राष्«िटय युवासंघ नेपाल प्रदेश उपाध्यक्ष सुरेश भण्डारी, प्रदेश सांसद चिन्तामणि पाण्डेय, गा पा कमिटी अध्यक्ष भिम पाण्डे,गाउंपलिका अध्यक्ष टिकाराम पाण्डे, उपाध्यक्ष निरमाया तरामु लगायतको उपस्थिति रहेको थियो । 

नव निर्वाचित अध्यक्ष मौसम कँुवरले गाउंमा युवा जनशक्ती अभाव भएकोले मानवीय विकास तथा भौतिक विकासमा ढिलाई भएको भन्दै समाजमा परेका समस्या समाधानका लागि भएका युवा एक हुनुपर्ने आवश्यकतालाई मध्यनजर गरेर समिति गठन गरिएको उल्लेख गर्नुभयो । उक्त कार्यक्रमको संचालन युथफोर्स गुल्मीका उप –संयोजक तथा सत्यवती लुम्बिनी सम्पर्क मञ्चका सचिव मेघराज पाण्डेयले गर्नु भएको थियो ।
 

तपाईको प्रतिक्रिया