प्रकाश पाण्डे । फागुन ६ गते । रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा अवस्थित श्री गीर्वाण सरस्वति संस्कृत तथा साधारण माध्यमिक बिद्यालयको खेल सप्ताहमा आइतबार पनि विभिन्न खेल सम्पन्न भएका छन ।
बिद्यालयको ५८ औ बार्सिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित साताब्यापी खेलकुद अन्र्तगत आइतबार कक्षा ५ देखि १२ सम्मको छात्र छात्रा दुवैको स्लो साइकल रेस, कक्षा ५ देखि १२ सम्मको छात्र छात्रा दुवैका लागी गगेटा तथा रिले रेस, कक्षा ६ देखि १२ सम्म छात्रा तर्फ लङ्गजम्प, छात्रतर्फ हाई जम्प र क्रिकेट तथा छात्रा तर्फ जेवलिन थ्रो, शट पुट, लगायतका खेल सम्पन्न गरिएको अतिरिक्त क्रियाकलाप प्रमुख एवं खेल संयोजक छन्त बहादुर पाण्डेले जानकारी दिनुभयो ।
फागुन ८ गते मंगलबार क्रिकेटको फाइनल, छात्र तर्फको लङ्गजम्प, रस्सी तान्ने खेल सहित अन्य विभिन्न खेल सम्पन्न गरिने विद्यालयका प्रध्यानाध्यापक केदार चन्द्र पराजुलीले जानकारी दिनुभयो । साथैे शिक्षकहरु बिच रस्सीकस्सी खेल समेत आयोजना हुनेछ ।
विद्यर्थीहरुको उत्साहपूर्ण सहभागिता रहेको साताब्यापी प्रतियोगितामा विभिन्न १५ खेलमा २१४ मेडलका लागि बिद्यार्थीहरुले प्रतिस्प्रर्धा गरिरहेको बिद्यालयका प्राचार्य केदारचन्द्र पराजुलीले जानकारी दिनुभयो । तिलोत्तमा नगरपालिका वडा न ५ का अध्यक्ष रमेश डुम्रेले बिहिबार एक कार्यक्रमका बीच उद्घघाटन गर्नुभएको साताब्यापी खेलकुद कार्यक्रम ग्रीर्वाण माविको आफ्नै प्रांगण एवं चपरहट्टीस्थित खेल मैदानमा सचालन भैरहेको छ ।
तपाईको प्रतिक्रिया