00:00:00
स्थानिय

प्यारामाउण्ट बोर्डिङ्ग माविको  जिल्लास्तरीय रनिङ्गसिल्ड हाजिरी जवाफ प्रतियोगिता 

शनिबार फाल्गुण ५, २०८०/ Saturday 02-17-24


तिलोत्तमा,५ फागुन ।
प्यारामाउण्ट बोर्डिङ्ग मावि तिलोत्तमा एक द्वारा आयोजित जिल्लास्तरीय रनिङ्गसिल्ड हाजिरी जवाफ प्रतियोगितामा एभरेष्ट मावि बुटवल प्रथम भएको छ । एभरेष्टले  नगद  १५ हजार रनिङ सिल्ड र मेडल प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै द्वितीय देवदह बुद्धपब्लिक माविले नगद  १२ हजार सिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । तृतीय न्यु होराइजनले  नगद  १२ हजार सिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ  । तीसओटा विद्यालय सहभागी प्रतियोगितामा गार्गी एकेडेमी चौथो र स्कलर्स होमले पाँचौँ स्थान हासिल गरी नगद रु.१ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

विद्यालयका संस्थापक प्राचार्य दामोदर भुसालको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन गर्दै  प्रमुख अतिथि तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँडले शिक्षमा लागानी बढाउन सके सभ्य संस्कार र आर्थिक उन्न उन्नति हासिल गर्न सकिने बताउनुभयो । उहाँले निजी विद्यालले शिक्षामा महत्वपूर्ण योगदान दिएको बताउँदै. तिलोत्तमा शिक्षाको हब बनाउनुपर्ने धारणा राख्नुभयो  विद्यालयका संस्थापक प्राचार्य दामोदर भुसालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा विद्यार्थी आयुसा भुसालले स्वागत गर्नुभएको थियो ।

विद्यालयको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने कक्षा २ देखि ११ सम्मका विद्यार्थीहरू,उत्कृष्ट शिक्षक तथा कर्मचारी र पुरुष अभिभावक फुटबल तथा महिला अभिभावक कुर्ची दौडका विजेतालाई लाई प्रमुख अतिथि खाँड,विशिष्ट अतिथि तिलोत्तमा शिक्षा शाखाका प्रमुख गंगाराम आचार्य , संस्थापक प्राचार्य, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्ण प्रसाद सापकोटाले पुरस्कार वितरण गर्नुभएको थियो । विद्यालयका फोक्सोका क्यान्सर पीडित पूर्व विद्यार्थीका अभिभावकलाई विद्यालय, शिक्षक र विद्यार्थीहरूद्वारा एक लाख ५० हजार सहयोग गरिएको कार्यक्रमको सञ्चालन शिक्षक दिवाकर पन्थीले गर्नुभएको थियो ।

कार्यक्रममा  तिलोत्तमा वडा नं. १का अध्यक्ष  फर्सुराम गिरी, प्याब्सन रूपन्देहीका अध्यक्ष अनन्तराम शर्मालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने विद्यार्थीहरूले विभिन्न नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।
 

तपाईको प्रतिक्रिया