क्रिमसन अस्पताल र पश्चिम नेपाल बस व्यवसायी प्रालि बीच स्वास्थ्य सुविधामा सम्झौता
तिलोत्तमा । माघ १२ गते । क्रिमसन अस्पताल तिलोत्तमा ५ मणिग्राम र पश्चिम नेपाल बस व्यवसायी प्रालि बीच स्वास्थ्य सुविधामा छुट तथा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । अस्पतालमा आयोजित एक कार्यक्रमका बीच सो सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा पश्चिम नेपाल बस व्यवसायी प्रालिको तर्फबाट अध्यक्ष दधिराम खरेल र क्रिमसन अस्पतालको तर्फबाट अध्यक्ष दुर्गा प्रसाद पाण्डेले हस्ताक्षर गर्नुभएको छ । सम्झौता बमोजिम अबका दिनमा सवारी दुर्घटनामा परि वा अन्य कारणवश घाइते भएका बिरामीलाई पश्चिम नेपाल बस व्यवसायी प्रालि मार्फत क्रिमसन अस्पतालमा उपचार गराउदा बेड चार्ज, अप्रेशन चार्ज लगायत सम्पुर्ण सेवा सुविधामा १० प्रतिशत छुट प्रदान गरिने छ ।
अस्पतालबाट प्रदान गरिने उपचार सेवालाई गुणस्तरीय, मितब्ययी र पारदर्शी बनाउन अन्य विभिन्न १५ बुँदामा संझौता गरिएको अस्पतालका निर्देशक डा शेखर प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
संझौताका अवसरमा अस्पतालका प्रमुख प्रशाशकिय अधिकृत मनमोहन भट्टराई, पश्चिम नेपाल बस व्यवसायी प्रालिको तर्फबाट गोपाल ब पौडेल लगायतको उपस्थिति रहेको थियो । क्रिमसन अस्पतालमा आधुनिक प्रविधियुक्त, विभिन्न सेवा सुविधाहरू सहित उत्कृष्ट सेवा प्रदान गरिनुका साथै शीर्ष डाक्टरहरूको टोलीले उत्कृष्ट स्वास्थ्य सेवाहरू प्रदान गर्दै आईरहेको अस्पतालको दावी छ ।
क्रिमसन अस्पतालले २४ सै घन्टा आपतकालीन सेवा, ओटी, ओपीडी, प्रयोगशाला, क्याथल्याब, शक्तिशाली सीटी स्क्यान मेसीन सहितको डिजिटल एक्सरे, एक्सरे, फिजियोथेरापी, डायलाईसिस लगायतका विभिन्न चिकित्सा सेवाहरूका साथै जनरल आईसीयू, सीसीयू, न्यूरो सर्जरी आईसीयू र केबिन जस्ता अति आवश्यकिय विभिन्न सेवा र सुविधाहरू उपलब्ध गराएको छ ।
तपाईको प्रतिक्रिया