प्रकाश पाण्डे । न्यु लाइट मावि तिलोत्तमा १ शंकरनगरमा साहित्यिक महोत्सव २०८० को आयोजना गरिएको छ । विद्यार्थीहरुमा पठन संस्कुतिको विकाश गर्ने उद्देश्य सहित आयोजना गरिएको साहित्यिक महोत्सवमा आमन्त्रित कवि, लेखककार, साहित्यकार, विद्यालयका शिक्षक, शिक्षिका एंव विद्यार्थीहरुले एउटै मन्चमा उभिएर फरक फरक विधामा कविता तथा साहित्यिक कुति बाचन गरेका छन ।
लेखक तथा साहित्यकार जंग बहादुर शाहको प्रमुख आतिथ्यता रहेको महोत्सवमा कवि भूपिनसँग विद्यार्थीहरुले अन्तरक्रिया गरेका छन । विद्यार्थीले कक्षा ९ को नेपाली पुस्तकमा समेटिएको ‘आमाको संझना’ नामक कविता मार्फत चिनेका कवि भुपिनसँग प्रत्यक्ष अन्तरक्रिया गर्न पाउर्दा खुसी लागेको प्रतिक्रिया दिएका छन । महोत्सवको उद्घाटन गर्दै लेखक तथा अध्येता जङ्ग बहादुर शाहले शाहले पाठ्य पुस्तकसँगै विभिन्न पुस्तकको अध्ययन गरेर ज्ञान फराकिलो गर्नुपर्ने बताउनुभयो ।
उहाँले भाषामा शुद्धताको आवश्यकता उल्लेख गर्दै शाहले शुुद्ध उच्चारण र शुद्ध लेखनलाई जोड दिनुुपर्ने उल्लेख गर्नुभयो । कवि भूपिन र कवि गिरि श्रीस मगरको आतिथ्य रहेको महोत्सवमा पुस्तक प्रदर्शनीका साथै प्यानल डिस्कसनमा रामचन्द्र श्रेष्ठसँग विचार विमर्श गरिएको थियो । सो क्रममा कवि भूपिनले कक्षा ९ को नेपालीमा अध्यापन हुने कविताको चर्चा गर्दै विदेश जाने कारणले एक्लिएका आमाहरुको नाममा ‘आमाको तस्वीर’ लेखेको बताउनुुभयो । कविता सपना देख्ने भाषामा लेखिनुुपर्ने उल्लेख गर्दै कवि भुपिनले आफ्नो भाषालाई जोड दिन आग्रह गर्नुभयो ।
त्यस्तै कवि गिरि श्रीस मगरले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा कार्यक्रमले महत्तवपूर्ण भूमिका निर्वाह गरेके बताउँदै निरन्तरतामा जोड दिनुुभयो । कवि दलबहादुर गुरुङ, लक्ष्मण ज्ञवाली, राजेन्द्र कुँवर, सन्जय पौडेल, गोमा पौडेल, विद्यार्थीहरु दिब्या भुषाल, आकृति घिमिरे, अंकुश चौधरी, दृष्टि भण्डारी, सरिता खनाल, साधना पोख्ररेल, अनुष्का पुन, कृतिका अर्याल, पुर्व विद्यार्थी सिम्रन बोहरा र एलकेजीमा अध्ययनरत विद्यार्थी एल्सेन पोख्ररेल लगायतले रचना वाचन गर्नुभएको महोत्सवमा ‘भ्वाइस अफ न्यू लाइट सिनियर र जुनियर’को प्रस्तुति रहनुका साथै विद्यार्थीद्वारा निर्मित चित्रकला, पोष्टर र अन्य रचनात्मक प्रस्तुति प्रस्तुत गरेको न्यु लाइट कलेजका शैक्षिक संयोजक तथा विद्यालयका पूर्व संयोजक कुँवरले बताउनुभयो ।
महोत्सवमा पुस्तक प्रदर्शनी समेत गरिएको थियो । विद्यालयले २०७६ सालमा ‘एकदिने साहित्य महोत्सव’ आयोजना गरेर तिलोत्तमा क्षेत्रका साहित्यकारसँग विद्यार्थीलाई परिचित गराएको थियो ।
तपाईको प्रतिक्रिया