आरसीई क्लब अफ मेडिकोफ्युजनद्धारा स्वास्थ्य सेवा सहितको निशुल्क औषधि वितरण
तिलोत्तमा । पौष ७ गते । आरसीई क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपालले सहाराबिहिन भै मानव सेवा आश्रममा आश्रिहरुका लागि शनिबार स्वास्थ्य सेवा सहितको निशुल्क औषधि वितरण कार्य सम्पन्न गरेको छ ।
तिलोत्तमा ६ पश्चिम पहुनिमा अवस्थित मानब सेवा आश्रममा आश्रित सहाराबिहिन भै बसोबास गरिरहेका १३० जना बालबालिका, युवा, अग्रज एवं वुद्ध वुद्धा लगायतलाई निशुल्क रुपमा स्वास्थ्य चेकजाच गर्नुका साथै आवस्यक औसधि समेत वितरण गरिएको हो ।
सो अवसरमा हेल्थ क्याम्प कोर्डिनेटर रोटरियन डा शेखर प्रसाद पोखरेल, छाला रोग बिशेषज्ञ डा जली श्रोष्ठ, छाति तथा फोक्सो रोग बिशेषज्ञ रोटरियन डा शाहील भुसाल, डा प्रशान्त कुँवर, बाल रोग बिशेषज्ञ रोटरियन डा सन्तोष पोखरेल लगायतले स्वास्थ्य शिविरमा चेकजाच साथै परामर्श प्रदान गर्नुभएको बर्ष २०२३ / २४ का अध्यक्ष रोटरियन अप्सरा नेपालले जानकारी दिनुभयो ।
चेकजाँचका क्रममा कतिपयलाई छाला, हाडजोर्नी तथा छाति र पेट सम्बन्धिसमस्या देखिएकाले सोको समाधानका लागि औसधि वितरण गरिएको हेल्थ क्याम्प कोर्डिनेटर रोटरियन डा शेखर प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया