00:00:00
स्थानिय

करहिया सामुदायिक वनको २४ औं साधारणसभा सम्पन्न

वनलाई उत्पादनसंग जोड्न जरुरी रहेको बक्ताहरुको भनाई
आइतबार पौष १, २०८०/ Sunday 12-17-23

प्रकाश पाण्डे । पौष १ गते । सामुदायिक वन क्षेत्रलाई उत्पादन र आयआर्जनसंग जोडेर आम उपभोक्ताको जीवनस्तर उकास्ने गरि काम गर्नुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । करहिया सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा ७–९ को शनिबार आयोजित २४ औं साधारणसभामा बोल्ने बक्ताहरुले, सामुदायिक वनलाई उत्पादन र आयआर्जनसंग जोडेर वहुआयामिक ढंगले उपयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।

करहिया सामुदायिक वनको आफ्नै सभाहलमा आयोजित सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खांँणले, सामुदायिक वनहरुलाई उत्पादनसंग जोड्न आवश्यक रहेको बताउनुभयोे । वन र बातावरणलाई कृषि, पर्यटन, रोजगारी र उद्यमशिलतासंग जोडेर काम गर्नसके समाज रुपान्तरंमा महत्वपुर्ण टेवा मिल्ने र यसले आयआर्जनमा समेत बृद्धि गर्ने बताउनुभयो ।

नगरभित्र रहेका विभिन्न सामुदायिक वनहरुको संयुक्त वैठक राखेर एक वन एक उत्पादनको अवधारणालाई अवलम्बन गर्नु अहिलेको मुख्य आवश्यकता रहेको मेयर खांँणको  भनाई थियो । तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरदेवी चौधरीले सामुदायिक वनको संरक्षण र उपभोक्ताको हक अधिकारका पक्षमा स्थानीय सरकार सधैं सकारात्मक रहेको बताउदै अब फुटेर होइन जुटेर काम गर्ने बेला आएको बताउनुभयो । 

कार्यक्रममा जिल्ला बन महासंघ रुपन्देहीका अध्यक्ष श्यामकला अर्याल, बनका सलाहकार एवं पुर्व अध्यक्ष खेम प्रसाद गौतम, तिलोत्तमा वडा न ८ का अध्यक्ष कृष्ण पौडेल,  जिल्ला बन महासंघका पुर्व सदस्य डिल्लीराज भण्डारी, शंकरनगर सामुदायिक वनका अध्यक्ष रविन्द्र बस्नेत लगायतले बोल्दै सामुदायिक बनको आम्दानि अब सरकारले होइन आम उपभोक्ताको जीवन शैली उकास्नमा खर्चिनुपर्ने बताएका छन् ।

सामुदायिक बनको बिकाश नहुनुमा राज्यका नीति नियम दोषी रहेको बक्ताहरुले औल्याएका छन् । सभामा संस्थाका अध्यक्ष हरिलाल पाण्डेले संस्थाको वार्षिक प्रतिवेदन र आन्तरिक लेखा संयोजक निरन्जनप्रसाद पराजुलीले आयव्यवय विवरण प्रस्तुत गर्नुभएको थियो ।

वनका उपाधक्क्ष्य बाबुराम खरेलको स्वागत र सस्थाकी सचिब बिमला गुरुङको संचालन रहेको कार्यक्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ७ वोटा सामुदायिक विद्यालयमा अध्यनरत १४ जना गरिव तथा जेहेन्दार छात्रछात्रालाई २ हजार ५ सयका दरले छात्रवृत्ति रकम प्रदान गरिएको छ । २०४४ सालदेखि संरक्षण शुरु भई २०५३ सालमा उपभोक्तालाई हस्तान्तरण गरिएको करहिया सामुदायिक वन २६९ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने उपभोक्ताको घरधुरी संख्या ६ हजार ५ सय ५३ रहेको छ ।  

तपाईको प्रतिक्रिया