00:00:00
स्थानिय

ज्ञानोदय टोलविकास संस्थाको तेस्रो साधारण सभा तथा मन्दिर निर्माण समिति गठन

शनिबार मङ्सिर ३०, २०८०/ Saturday 12-16-23

तिलोत्तमा,३० मंसिर ।
बिन्दु भट्टराई
ज्ञानोदय टोलविकास संस्था तिलोत्तमा ९ को तेस्रो साधारण सभा तथा मन्दिर निर्माण समिति गठन सहित छ्लफल कार्यक्रम शनीबार सम्पन्न भएको छ । टोलविकास संस्थाले हालसम्म गरेको काम र आगामी कार्ययोजनाका विषयमा छलफल गर्दै तथा बन्न लागेको दुर्गामन्दिरको हालसम्मको काम र  निर्माण सम्पन्न गर्न सवै मिलेर लागि पर्ने एक्यवद्धता सहित कार्यक्रम सम्पन्न भएको हो ।   
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीले विकासको सुरुवात टोलबाट हुने भन्दै टोलविकास संस्थाले उत्कृष्ट काम गर्दै आएको प्रति प्रशंसा ब्यक्त गर्नुभयो । उहांले धार्मिक काम र मानवियताको  सोंचले विकृत र हराउंदै  गईरहेको संस्कार संस्कृतिको जगेर्नामा टेवा पुग्ने बताउनुभयो । चौधरीले बन्दै गरेको बृद्ध विश्राम कक्ष र मन्दिरका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि ब्यक्त गर्नुभएको छ । 

त्यस्तै कार्यक्रममा तिलोत्तमा वडा नंवर ९ का वडा अध्यक्ष ध्रुव न्यौपानेले समय अनुसार जेष्ठ नागरीक एक्लिदै गएको र उहांहरुलाई आफना कुरा ब्यक्त गर्ने,भेला हुने स्थान नभएकोले घरभित्रै बसिरहनुपर्ने बाध्यतालाई यो भवन निर्माणपछि चिर्ने बताउनुभयो । न्यौपानेले यसका लागि वडाले गर्ने सहयोग रहने पनि प्रतिवद्धता ब्यक्त गर्नुभएको छ  । 

कार्यक्रममा संस्थाका अध्यक्ष प्रकाश न्यौपानेले अध्यक्षताको प्रतिवेदन प्रस्तुत गर्दै राजनीति भन्दा माथि उठेर टोलको विकास र भएका संरचनाको संरक्षणमा सवैको ध्यान जानुुपर्ने खांचो औंल्याउनुभयो । उहांले कुनै पनि काम एक्लैको प्रयासले सफल नहुने भन्दै आवश्यक सुझाव साथ सहयोगको लागि समेत सवैमाझ आग्रह गर्नुभएको छ । 

यसैगरी वडा सदस्य तथा समाजसेवी कमल रेग्मि,महाकाली शक्तिपीठ देवदहका प्रधानसंरक्षक गोपाल ढकाल लगायतले आफना लागि मात्रै गरेका कार्य मेटिएर जाने तर समाज परिवर्तन र विकास निर्माणका कामहरु ब्यक्ति नहुदा पनि रहिरहने भएकोले सवै एक भएर यस कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो । 

त्यस्तै समाजसेवी बलाराम काफ्लेले ज्ञानोदय दुर्गा मन्दिरको आजसम्म भएको काम र योजननाका बिषयमा प्रतिबेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन संस्थाका सचिव सुरेस पाण्डेले गर्नुभएको थियो । सहसचिव लक्ष्मीकान्त भुर्तेलको स्वागतमा भएको कार्यक्रमको संचालन  सचिव पाण्डेले गर्नुभएको हो ।  कार्यक्रममा टोलभित्रका १० जना जेष्ठ नागरीक,उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रा लगायतलाई सम्मान समेत गरिएको थियो । 

तपाईको प्रतिक्रिया