राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेशस्तरिय दोस्रो अधिबेशन जारी
नयाँ नेतृत्व चुन्न रस्साकस्सी शुरु
तिलोत्तमा । मंसिर २८ गते । राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेशस्तरिय दोस्रो अधिबेशनमा बिहान ८ बजेबाट बन्दसत्रको कार्यक्रम शुरु भएको छ । हिजोबाट शुरु भएको अधिधेशनले नयाँ नेतृत्व चयन गर्नेगरि २ दिने कार्यतालिका सार्वजनिक गरेको थियो । अहिले तिलोत्तमा ९ मंगलापुरस्थित कविराजपथमा रहेको पार्टी कार्यालयमा बिहान ८ बजेबाट बन्द सत्रको कार्यक्रम शुरु भएको हो ।
यसअघि बुधबार आयोजित उदघाटन कार्यक्रममा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले कोशी प्रदेशबाट सुरु भएको पहिचानको आन्दोलन अन्य प्रदेशमा पनि बिस्तार गर्ने तयारी भैरहेको बताउनुभएको थियो् । अध्यक्ष पालुङ्वाले पहिचानवादीको आन्दोलनले कोशीमा सरकारलाई झुक्याएरै छाड्ने दृढता ब्यक्त ब्यक्त गर्नुभयो ।
मुलुक गृहयुद्ध तर्फ उन्मुख भएको भन्दै उहाँले भ्रष्टाचार,कालोबजारी र भागबन्डाको राजनीतिका कारण मुलुक तहसनहस भएको दावी गर्नुभयो । उहाँले संघीयता आएपछि स्थानीय तहमा अधिकार दिइए पनि प्रदेशलाई अधिकार नदिइ पेनडुलम बनाइएको आरोप लगाउनुभयो । पार्टीका कार्यकारी अध्यक्ष केशव सुर्यवशीले जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र गर्ने शक्तिका बिरूद्व ससक्त आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।
कार्यक्रममा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पुर्वमन्त्री रिजवान अन्सारीले नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्रको बिकल्प नखोजेको भन्दै पुराना र सत्तामा गएका दलहरूको विकल्प मात्रै खोजेको दाबी गर्नुभयो । राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश (लुथम) का अध्यक्ष झमबहादुर गुरूङको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका प्रदेश उपाध्यक्ष हरिओम बिक, प्रदेश सचिव चित्रप्रसाद गुरूङ,उपसचिव आशा गुरूङ,पार्टीका रूपन्देही जिल्ला अध्यक्ष प्रेमबहादुर थापा लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो ।
तपाईको प्रतिक्रिया