सम्पुर्ण कप फूटबलमा आज झरना स्पोर्ट्स क्लब र द युथ युनियन पाल्पा भिड्ने
तिलोत्तमा । मंसीर १३ गते । स्व. डिम बहादुर गुरुङ स्मृति दोस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगितामा आज झरना स्पोर्ट्स क्लब कन्ुजलापुर र द युथ युनियन क्लब पाल्पा भिड्दै छन् । गत मंसीर ९ गतेबाट शुरु भएको प्रतियोगिताको हिजो सम्पन्न खेलमा बिजयी हुदै आहाना एफसी फूटबल क्लब दोस्रो चरणमा प्रवेश गरेको छ । आहानाले रेसुंगा युवा क्लब दुर्गानगरलाई १ का बिरुद्ध २ गोलले हराउदै दोस्रो चरणको यात्रा तय गरेको हो ।
समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा गत शनिबारबाट शुरु भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका छन् । तिलोत्तमा–१४ निवासी स्व.डिम बहादुर गुरुङ्गकी श्रीमती जसमाया गुरुङ्ग, छोराहरु डम्मर बहादुर गुरुङ्ग, बुद्धि प्रसाद गुरुङ्ग, रन बहादुर गुरुङ्ग, चित्र बहादुर गुरुङ्ग र छोरी श्रीमाया गुरुङ्गद्वारा मुख्य प्रायोजन गरिएको प्रतियोगिताको विजेताले उपाधि सहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आर्थिक संयोजक तारा केसीले जानकारी दिनुभयो ।
यसैगरी विधागत तर्फ उत्कृष्ट खेलाडी, गोलरक्षक, म्यान अफ दी म्याच, लगायतलाई समेत पुरस्कारको व्यवस्था गरिएको क्लब परिवारले जनाएको छ । प्रतियोगिताको फाइनल खेल भने यही मंसिर २४ गतेका दिन हुनेछ ।
तपाईको प्रतिक्रिया