00:00:00
स्थानिय

कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलन आज भैरहवामा हुँदै

सम्मेलनमा भाग लिन पार्टी सभापति देउवा लगायतका नेता भैरहवा आउनुहुदै
मंगलबार मङ्सिर १२, २०८०/ Tuesday 11-28-23


तिलोत्तमा । कार्तिक १२ गते । नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलन आज भैरहवामा हुदैछ । कांग्रेस जिल्ला कार्यसमिति, रुपन्देहीले आज हुने जिल्ला सम्मेलनबारे जानकारी गराएको हो । सम्मेलनका बिषयमा जानकारी दिदै कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जिल्ला सम्मेलन  भव्य रुपमा सम्पन्न हुने बताउनुभयो ।

खाणले सिद्धार्थनगर नगरपालिका–१३ स्थित पटवा ब्याङ्केट (पुरानो महेन्द्र सभा गृह) मा आज बिहान ११ बजेदेखि सम्मेलन सुरु हुने जानकारी दिनुभएको छ । सम्मेलनमा पार्टीका केन्द्रीय सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पार्टीका पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु, विभिन्न भातृ संस्थाका सभापतिहरु लगायतको उपस्थिति रहने खाणको भनाई छ ।

सम्मेलनमा ३ हजार ४५ जना जिल्ला प्रतिनिधिहरुको सहभागीता रहने वहाले जानकारी दिनुभयो  ।  ‘जिल्ला सम्मेलनले कांग्रेसलाई गतिशिल, बलियो बनाउने, पार्टीको गुटहरुलाई न्यूनीकरण गर्ने र नेपालको लोकतन्त्र, प्रजातन्त्र र संघीयतालाई संस्थागत गर्दै अगाडि बढाउने छ ।

नेता खाणले भन्नुभयो  ‘कांग्रेसका कार्यकर्तालाई गतिशिल, क्रियाशिल र कार्यकर्ताको आत्मविश्वास बढाएर हामी अगाडि बढ्ने हो । तिलोत्तमा नगरपालिकाका प्रमुख समेत रहेका खाणले १४ औं महाधिवेशनमा निर्वाचित भएपछि जिल्लाको यो पहिलो सम्मेलन भएको र अर्कोचोटि गर्दा दोस्रो सम्मेलन हुने बताउनुभयो ।  

कांग्रेसका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले देशको समस्या समाधान कांग्रेसले मात्रै गर्न सक्ने दावी गर्नुभयो  । पार्टीका केन्द्रीय सदस्य तथा सार्वजनिक लेखा समितिका पूर्व सभापति भरत कुमार शाहले मुलुकमा संघीयताको महसुस गरिएकोले नै संघीयता आएको धारणा राख्नुभयो । 
 

तपाईको प्रतिक्रिया