शिक्षा
न्यु इन्भाइरनमेन्ट मावि मणिग्रामको अध्यक्षमा नेत्रलाल बन निर्वाचित
आइतबार मङ्सिर ३, २०८०/ Sunday 11-19-23
तिलोत्तमा । कार्तिक ३ गते । न्यु इन्भाइरनमेन्ट उच्च मावि तिलोत्तमा ५ मणिग्रामको २५ औं साधारण सभा तथा १२ औं अधिवेशन शनिबार सम्पन भएको छ । अधिवेशनले नेत्रलाल बनको अध्यक्षतामा ३ बर्षे कार्यकालका लागी ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिबेशनले प्रबन्ध निर्देशकमा हरिप्रसाद न्यौपाने लाई चयन गरेको छ भने सदस्य सचिबमा मधु प्रकाश ज्ञवाली र सदस्यहरुमा क्रमश घनश्याम ज्ञवाली, गिरी प्रसाद गैरे, कृष्ण प्रसाद गौतम, गोविन्द पौडेल, भीम लाल घिमिर, राधा पराजुली, सावित्री बुढाथोकी, खिमा राना चयन गरेको छ ।
त्यस्तै अधिबेशनले खुम बहादुर थापा संयोजक रहने गरि ३ सदस्यीय लेखा समितिको चयन गरेको छ । जसको सदस्यहरुमा इन्द्र बहादुर क्षेत्री र यमकला न्यौपाने रहनु भएको बिद्यालय प्रशासनले जनाएको छ ।
तपाईको प्रतिक्रिया