00:00:00
खेलकुद

विश्वकप क्रिकेटको फाइनलमा पुग्न आज अष्ट्रेलिया र दक्षिण अफ्रिका भिडदै

बिहीबार कार्तिक ३०, २०८०/ Thursday 11-16-23

तिलोत्तमा । कार्तिक ३० गते । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दैछन् । यो खेल इडेन गार्डेनमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ ।

आजको खेल जित्ने टोलीले उपाधिका लागि घरेलु टोली भारतसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डलाई हराउँदै भारत फाइनलमा पुगिसकेको छ ।

अङ्क तालिकामा दक्षिण अफ्रिका दोस्रो स्थानमा रहँदै र अष्ट्रेलिया तेस्रो स्थानमा रहेर अन्तिम ४ मा पुगेको हो । तर दुवै टोलीको ९ खेलमा ७ जित र २ हार रहेको थियो । फाइनल खेल आइतवार अहमदाबादमा हुनेछ ।
 

तपाईको प्रतिक्रिया