नेपालमा पश्चिमी वायुको प्रभाव
रुपन्देहीको मौसम सफा, देशका कतिपय स्थानमा मौसम धुम्म
तिलोत्तमा । कार्तिक २४ गते । नेपालमा पश्चिमी वायुको प्रभाव पर्न थालेको छ । पश्चिमी वायुको प्रभावकै कारण काठमाण्डौ उपत्यकासहित धेरैजसो पहाडी क्षेत्रको मौसम धुम्म भएको छ ।
विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको असर धेरै पर्ने अनुमान गरिएको छ । सुदूरपश्चिम र कर्णालीका धेरैजसो ठाउँको मौसम धुम्मिएको छ भने त्यहाँ वर्षा र हिमपातको पनि सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार यी दुई प्रदेशमा भोलि पानी पर्ने अनुमान छ ।
यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना छ । अन्य प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा पनि हल्का वर्षाको अनुमान गरिएको छ। रुपन्देहीको हकमा बिहान साझा मौसम तुवालोका कारण धुम्म भएपनि दिउसोमा घाम लागेर मौसम सफा छ । रुपन्देहीमा तत्काल बर्षाको सम्भावना भने नरहेको मौसमविदहरुले औल्याएका छन् ।
तपाईको प्रतिक्रिया