सुत्केरीको मृत्युको विषयमा डाक्टरलाई धम्की र बदनाम गरेको भन्दै चिकित्सक संघको आपत्ति
तिलोत्तमा । कार्तिक २३ गते । युनिभर्सल मेडिकल कलेज भैरहवामा अपरेसन गरेकी एक महिलाको बिभिन्न समस्या आएर मृत्यु भएपछि उपचारमा संलग्न चिकित्सकहरुलाई धम्की दिएको भन्दै नेपाल चिकित्सक संघ लुम्बिनी शाखाले आपत्ति जनाएको छ ।
संघले एक बिज्ञप्ती जारी गरी मेडिकल कलेजमा बच्चा जन्माउने अपरेशन पश्चात बिभिन्न समस्या आएर सावित्रा खनालको मृत्यु भएको उल्लेख गर्दै सामाजिक सञ्जाल र पत्रपत्रिका मार्फत चिकित्सकहरुको बदनाम गर्ने र उपचारमा सम्लग्न चिकित्सक र उनीहरुको परिवारलाई सुरक्षाको धम्की दिने जस्ता घटनाहरु भएको दावी गर्दै यसप्रति चिकित्सक संघको ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
नेपाल चिकित्सक संघ लुम्बिनी शाखाका अध्यक्ष डा. इन्द्र ढकाल र महासचिव डा. सन्तोष पोखरेलद्धारा जारी विज्ञप्तीमा उपचारमा चित्त नबुझे कानुनी बटोको व्यवस्था हुंदा हुंदै डाक्टरहरुको बदनाम गराउने संस्कारको विकास हुनु ज्यादै निन्दनीय भएको भन्दै चिकित्सकहरुको हक हित र सुरक्षाका लागि कानुनी बाटो अवलम्बन गर्न बाध्य हुने संघले जनाएको छ ।
संघले बिज्ञप्तीमा यस्ता क्रियाकलाप बढदै गए आफ्ना सदस्यहरुको हक हित र अधिकारका लागि कानुनी बाटो अवलम्वन गर्न बाध्य हुने उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया