जाजरकोटमा भूकम्पको परकम्प जाने क्रम निरन्तर जारी
राहतभन्दा पहिला राष्ट्रपति र मन्त्रीको लस्कर पुगेको भन्दै स्थानीय आक्रोशित
जाजरकोट । कार्तिक २२ गते । जाजरकोटमा भूकम्पको अर्को परकम्प मापन गरिएको छ । गएराति १०ः३० बजे जाजरकोटको पैंङ्क आसपास ३.९ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत शुक्रबार राति गएको जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि निरन्तर परकम्प गइरहेको छ । भूकम्प मापन केन्द्रका अनुसार मङ्गलबारसम्म झन्डै साढे चारसय परकम्प मापन गरिएको छ । यसैबीच
राष्ट्रपति रामचन्द्र पौडेलले जनता भूकम्पबाट जनधनको क्षती प्रति दुखी भएको भन्दै सरकारले सबैको घर निर्माण गरिदिने आश्वासन दिनुभएको छ । राष्ट्रपति बारेकोट पुग्दा त्यहाँका सर्बसाधारणले राहत ल्याएर आएको अनुमान लगाएका थिए तर राष्ट्रपति खाली हात भाषण मात्र लिएर भत्किएका संरचना हेर्न बारेकोट पुग्दा त्यहाँका जनताले हाती आयो , हाती आयो फुस्सा भनेझैँ भएको बताएका छन् ।
भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले आकाशमा हेलिकोप्टर आतंक बन्द गर्न चेतावनी दिएका छन् । घर्तीले बिभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकप्टर आतङ्क बन्द गरिनुपर्ने भन्दै सम्बिधानले व्यवस्था गरेको स्थानीय बिपद ब्यवस्थापन समितीको अधिकार मिच्न खोजिएको बताउनुभयो । भेरी नगरपालिकामा ५ हजार त्रिपाल आवश्यक रहेको घर्तीको भनाई छ ।
तपाईको प्रतिक्रिया