00:00:00
स्थानिय

बुटवल फर्निचर उद्धोग संघ रूपन्देहीले इलाका प्रहरी कार्यलय बुटवललाई फर्निचर सामग्री हस्तान्तरण

मंगलबार कार्तिक २१, २०८०/ Tuesday 11-07-23

२०८० कार्तिक २१ । बुटवल फर्निचर उद्धोग संघ रूपन्देहीले इलाका प्रहरी कार्यलय बुटवललाई फर्निचर सामग्री हस्तान्तरण गरेको छ । संघका निबर्तमान अध्यक्ष साबित्रा टन्डनको अध्यक्षतामा भएको कार्यक्रममा मङगलबार एक लाख बराबरको मिटिङ टेबल र २० वटा कुर्सी हस्तान्तरण गरेको हो ।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक( डिएसपी ) दानबहादुर थापाले सामाजिक काममा हात बढाएको भन्दै संघलाई धन्यवाद दिनुभयो । थापाले ब्यवसायमा भएका बेथिती हटाउन संघ र प्रहरी एक हुनुपर्नेमा जोड दिनुभयो ।

सल्लाहकार बिष्णु कुमार  श्रेष्ठ,पूर्व अध्यक्ष  तथा सल्लाहकार नरेशबहादुर श्रेष्ठले विगतदेखि इलाका प्रहरी कार्यालय बुटवलसंग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्य रहने बताउनुभयो ।

नव निर्वाचित खिमबहादुर खड्काको संचालनमा भएको कार्यक्रममा बुटवल फर्निचर उधोगसंघका निबर्तमान तथा नव निर्वाचित पदाधिकारीको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया