खेलकुद
त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र यूएई भिड्दै
शुक्रबार कार्तिक १०, २०८०/ Friday 10-27-23
तिलोत्तमा । काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र यूएई भिड्दैछन । किर्तिपुरस्ति त्रिवि मैदानमा हुने आजको खेल बिहान ११ बजेबाट सुरु हुनेछ ।
सिरिजमा चार वटै खेलमा शानदार जितसहित नेपाल फाइनलमा पुगेको हो भने युएई रनरेटको आधारमा फाइनल प्रवेश गरेको हो । यूएई र हङकङको समान २ अङ्क भए पनि यूएई नेट रनरेटका आधारमा फाइनल खेल्न लागेको हो ।
आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आयोजना गरेको हो । नेपाल र यूएईबीच टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म ७ खेल हुँदा नेपाल ४ र यूएई ३ खेलमा विजयी भएको छ ।
तपाईको प्रतिक्रिया