तिलोत्तमा ,बिन्दु भट्टराई ।
२०६३ सालमा घर छोडेपछि मेरो कुनै पनि दशैं परिवारभन्दा बाहिर भएको रहेनछ तर यसपाली जान मन लागेन,समय मिलेन या गईएन वा समयसंगै पर्वहरु खल्ला बने या जिम्मवारी थपिए जेहोस् यसपाली नगएपनि मन खिन्न बनेन ।
चार्डपर्वहरुको महत्व त जानेर होस,नबुझेर होस बालापनमै झल्किन्छ , एका विहानैदेखि फल्नो ठाउंमा टिका लगाउन जाने भन्ने साथिहरुविचका सरसल्लाहले होस् या कसको कति पैसा जम्मा हुन्छ भन्ने प्रतिष्पर्धाले दशैं साच्चिकै दशैं थियो । झुलेका धानका बाला छिचोल्लदै तल्लाखन्न बुढी हजुरआमाका घरमा जम्मा हुंदा उमेरले पाका भएका आमा काकीहरु संख्या गन्दै रमाईलो मान्नुहुन्थ्यो । तर हामि चार ओटा सुका र दुई ओटा मोर गनेर रुपियां बढाउनमा ब्यस्त हुन्थ्यौं ।
जुवा तास मोवाईल केहीमा पनि हामि रमाएनौ तर हामि कति हो कति रमाउथ्यौं गुणात्मक रुपमा गणना गर्नै नसकिने गरी ।।।।।
गाउंभरी पाक्ने सेलरोटिको बास्ना घरमा रेटी पकाउंदा आमालाई आफ्नो लागि छुटै साना रोटी बनाउन गरेको हाम्रो जिद्धिमा आमाको हांसो आजको पुस्ताले कहां पाउनु तीन हजार,३५ सयमा आउने मिठाईका प्याकेटमा कहांको घरमा पकाएको सेल रोटी र जेरीको बास्ना पाउनु , आजको दशैंलाई मासुलाई केन्द्रित बनाउंदै गर्दा दशैंमा खाने मौलिक खानाको चाम घटेको अनुभुति गर्छु । दशैंमा सिलाईने नयां लुगाको बास्ना फेन्सी कपडाबाट लिएका ५ हजारका कपडामा कहांबाट भेट्नु ।।।।
यसपाली टिका लगाएपनि नलगाएपनि गाउंघरहरु उज्यालिएका छन् । वर्षदिनमा एकपटक भरिने गाउंहरुमा हार्दिकता हराउंदै जान थालेको छ । तर पर्वलाई परिवारमा मात्र सिमित गर्ने प्रचलन बढ्दै जान थालेको छ । यसले दशैंको महत्व र गरिमालाई घटाएको छ ।
हामि सानो हुदा जसका घरमा पनि टिका थाप्न जांदा उत्तिकै हार्दिकता पाईन्थ्यो तर आज परिवारका सदस्यहरुविच मात्रै दशै मनाउने प्रचलन बढ्दै जादा दशै सामाजिक पर्व होकि धार्मिक विषय भन्ने विषयमा बहस हुन थालेको छ ।
पहाडको थापथलो छाडेर तराई झरेकी मैले पुरानो दशैंलाई स्मरण गर्न बाहेक नत मेरा सन्तानलाई मैले मनाएजसरी मनाईदिननै सक्छु नत दशैंको पौराणिक महत्वलाई बुझाउननै सक्छु ।
सारमा दशैंलाई दशैंकै रुपमा मनाउं सबैभन्दा आफ्नो मौलिकतालाई जोगाउन सकियो भने दश रहन सक्छ आजको पुस्तालाई हामिले जे सिकायौं हाम्रा परम्परा त्यसरी नै विकसित हुदै जाने हुन् ।
तपाईको प्रतिक्रिया