ज्ञानोदय दुग्ध उत्पादक सहकारी संस्थाको २९ औँ साधारण सभा सम्पन्न
तिलोत्तमा । असोज २८ गते । ज्ञानोदय दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, तिलोत्तमा ९ नन्दनवनको २९ औँ साधारण सभा आइतबार सम्पन्न भएको छ । तिलोत्तमा ५ स्थित सरस्वति पन्चायतन मन्दिरमा सम्पन्न सभाले अध्यक्ष र लेखा समितिको बार्षिक प्रतिवेदन सर्बसम्मतले पारित गरेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष तेजप्रसाद पाण्डेले संस्थाको बार्षिक प्रगति प्रतिवेदन तथा लेखा समिति संयोजक यमनाथ पाण्डेले लेखा समितिको प्रतिवेदन पेश गर्दै संस्थाले आम कृषकको मन जित्ने गरि काम गरेको बताउनुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट कृषकलाई सम्मान एवं पुरस्कृत समेत गरिएको थियो । संस्थाका अध्यक्ष तेजप्रसाद पाण्डेको अध्यक्षता र तिलोत्तमा नगरपालिकाका वडा न ९ का अध्यक्ष ध्रुव न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार कुष्ण पोख्ररेल, देवी प्रसाद ज्ञवाली, नेत्र वन लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
संस्थाका उपाध्यक्ष बाबुराम कडेलको स्वागत एवं शंकर भूषालको सन्चालनमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी न्यौपानेले संस्थालाई आवश्यक पर्ने भौतिक लगायतका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया