तिलोत्तमा । असोज २४,
नेपाल एअरलाइन्सको जहाज आज राति ११ बजे उड्ने र दुबई ट्रान्जिट हुँदै इजरायल पुग्ने भएको छ । इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगम नेपाल एअरलाइन्स को जहाज (बुधबार) आज राति ११ बजे त्यसतर्फ जाने भएको हो ।
यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने ठाउँमा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परि लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल गएकामध्ये १० जना नेपाली विद्यार्थी मारिएका थिए ।
यसैगरी आक्रमणमा परेर सम्पर्कविहीन भएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीको खोजी भइरहेको छ ।
इजरायलमा रहेको नेपाली दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका विपिनसँगै बस्दै आएका एक विद्यार्थीमार्फत विभिन्न अस्पतालमा खोजी गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया