00:00:00
स्थानिय

सबैको बचत तथा ऋण सहकारी संस्थाको दोस्रो साधारण सभा ११ प्रस्ताव पारित गर्दै सम्पन्न

शुक्रबार असोज १९, २०८०/ Friday 10-06-23


तिलोत्तमा,बिन्दु भट्टराई ।
सबैको बचत तथा ऋण सहकारी संस्थाको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।  विभिन्न चरणमा सम्पन्न साधारण सभाले ११ वटा प्रस्ताबहरू पारित गरेको छ ।  सभामा संस्थाका अध्यक्ष भरतराज भुसालले आर्थिक वर्ष ७९ ८० को प्रतिवेदन १ अर्व ६ करोड ७२ लाख बराबरको आयब्याय सहितको वार्षिक प्रतिवेदन तथा आगामी आर्थिक वर्षको प्रस्तावित नीति तथा कार्यक्रम  र संचालक समितिको तर्फबाट सचिव देवानन्द पाण्डेले मणिग्राम, भलवारी र ४ नं मा प्रस्तुत गर्नुभएको प्रतिवेदन तथ , लेखा सुपरिवेक्षण समितीका संयोजक हरि प्रसाद न्यौपानेले प्रस्तुत गर्नुभएको लेखा समितीको प्रतिवेदन स्वीकृत लगायतका ११ प्रस्ताव पारित भएको घोषणा गर्नुभयो  ।

प्रतिनिधिहरुको निर्णय प्रमाणिकरण कार्यक्रममा लुम्बिनी प्रदेश बचत तथा  ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद नेपालले सहकारीमा जोखिमका क्षेत्रहरु धेरै भएपनि नीति र विधिबाट चलेको सहकारीहरुमाथि शंका गर्न नपर्ने उल्लेख गर्नुभयो । नेपालले एकिकरणको सुरुवातीलाई स्मरण गर्दै नयां कामको थालनी गर्दा राम्रो नमानेपनि परिणाम राम्रो आउने देखिएको बताउनुभयो । उहांले यो सहकारीका विषयमा जस्तासुकै टिप्पणी गरेपनि अवस्था राम्रो रहेको भन्दै ढुक्क हुन आग्रह गर्नुभयो ।  

कार्यक्रममा सहकारिका सल्लाहकार प्राध्यापक डा. रामचन्द्र आचार्यले संस्थाको अवस्थाको बिषयमा सिंगो सहकारी प्रतिनिधिले अध्ययन गर्न जरुरी  रहेको बताउनुभयो । उहांले सुन्दरता भन्दा पनि स्वस्थतामा बढी ध्यान दिने र शुसासनले आर्थिक प्रगती हुन सक्ने भन्दै संस्था शुसासनतर्फ लैजाने अभ्यासमा लागेकोले संस्था स्वस्थ बन्न सक्ने बिश्वास ब्यक्त गर्नुभयो । 

बुधबारदेखि सुरु भई शुक्रबार ४ नं मा सम्पन्न साधारण सभामा ब्यबस्थापक हरिहर पौडेलले १२ संशोधन गरिएका नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो  । 
साधारण सभामा जिल्ला बचत संघ रुपन्देहीका संचालक सदस्य कोपिला एसि रायमाझी ,लुम्बिनी बिशिष्टिकृत सहकारी संघका संचालक राजेन्द्र प्रसाद सुवेदी , कोषाध्यक्ष मिरा वस्याल पाण्डे, गायत्री पाण्डे लगायतले बोल्नुभएको  थियो । 

संस्थाका उपाध्यक्ष चुरामणी पाण्डको स्वागत र सचिव देवानन्द पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थालाई ब्यबस्थित गर्ने र स्तरिय सेवालाई चुस्त गराउने सामुहिक प्रतिबद्धता ब्यक्त गरिएको थियो ।
 

तपाईको प्रतिक्रिया