00:00:00
स्थानिय

कपिलवस्तुमा सर्पको डसाईबाट एकै घरका दुई दिदीबहिनीको मृत्यु

बिहीबार असोज १८, २०८०/ Thursday 10-05-23


  असोज १८,  
तिलोत्तमा । 
 कपिलवस्तुमा सर्पको डसाईबाट एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ ।

मङ्गलवार राति सर्पको डसाईबाट  घाईते भएका वाणगङ्गा नगरपालिका–९ जिनुवाका मोतीलाल क्षेत्रीका ३ वर्षीया छोरी रीतिका र ८ वर्षीया छोरी इशिकाको मृत्यु भएको वडाअध्यक्ष कमल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आमासँग सुतिरहेका उनीहरुलाई राति सर्पले डसेको थियो । उनीहरुको उपचारको क्रममा बुधबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको हो ।

सर्पले डसेको थाहा पाएपछि दुवैलाई उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । 

तपाईको प्रतिक्रिया