असोज १५,
दाङ दाङमा बस दुर्घटना भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । पोखराबाट सुर्खेतका लागि छुटेको ग १ ख ८४८५ नम्बरको बस सोमबार बिहान पूर्व(पश्चिम राजमार्ग अन्तर्गत दाङको बबईसोता पुलको साइडमा दुर्घटना भएको हो ।
बस चालक रामेछाप सुनापति गाउँपालिका(३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
बसमा १६ जना यात्रु रहेकामध्ये धरेैको अवस्था गंभिर छ भने दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते भएकाहरुको लमही अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया