जातियता , धर्म र राजनीतिभन्दा माथि उठेर हिंसालाई साझा समस्या बनाउनुपर्नेमा जोड
तिलोत्तमा, बिन्दु भट्राई
हिंसा न्यूनीकरणमा जिम्मेवार ब्यक्तिको भुमिका बिषयक अन्तर्कृया शुक्रबार बुटवलमा विभिन्न विषयमा छलफल गर्दै सकिएको छ । जातियता , धर्म र राजनीतिभन्दा माथि उठेर समाजमा देखिएका हिंसाका विषयलाई साझा समस्याको रुपमा लिनुपर्नेमा कार्यक्रमका बक्ताहरुले जोड दिएका हुन् ।
नेपाल महिला मगरसंघको २६ औं स्थापना दिवसको पुर्व सन्ध्यामा नेपाल मगर महिला संघ तिलोत्तमा नगर समितीको आयोजना र तिलोत्तमा नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघका केन्दृय सचिव तथा महिला मगरसंघ रुपन्देहीका अध्यक्ष चन्दा थापाले भाषा र भेषभुषाको संरक्षणमा मगर संघले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले महिला अस्तित्व बलियो बनाउन संगठन बलियो हुन जरुरी रहेको औंल्याउनुभयो ।
नेपाल मगर महिला संघ तिलोत्तमाका अध्यक्ष राधिका श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक लालबहादुर सुनारले विपन्न बर्गका समुदायका ब्यक्ती हिंसाबाट बढी प्रभावित हुने गरेको बताउनुभयो । उहांले विश्वमा एक करोड ७० लाख मानिसले आत्महत्या प्रयास गर्ने र १० लाखले आत्महत्या गरेको तथ्यांक प्रस्तुत गर्दै सवैभन्दा बढि आत्महत्या हिंसाका कारणले हुने गरेको बताउनुभयो ।
कार्यक्रमका सहजकर्ता तिलोत्तमा टेलिभिजन तथा रेडियो लुम्विनीका कार्यकारी प्रमुख मिनाक्षी न्यौपानेले हिंसाको कुनै जात धर्म लिंग नहुने भएकोले हिंसा विरुद्धका आवाजमा एउटै लय हुनुपर्ने बताउनुभयो ।
तिलोत्तमा भित्रका थारु,ब्रहामण समाज,क्षत्री समाज ,ठकुरी समाज लगायतका करिव ५५ जना जिम्मेवार ब्यक्तिहरुको सहभागितामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ तिलोत्तमाका अध्यक्ष तथा रुपन्देहीका बरिष्ठ उपाध्यक्ष आशा गुरुङ, तिलोत्तमा ब्राह्मण समाजका देवी बस्ताकोटा लगायतले बोल्नुभएको थियो । नेपाल मगर महिला संघ तिलोत्तमाका सहसचिव नानू माया रानाले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचिव मनमाया थापाले गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया