क्रिमसन अस्पताल र नेपाल बैंक लिमिटेड बीच स्वास्थ्य सम्झौता
प्रकाश पाण्डे,तिलोत्तमा
२०८० भदौ २६
नेपाल बैंक लिमिटेड र क्रिमसन अस्पतालबीच बैंकका कर्मचारी एवं ग्राहकलाई छुट दिने सम्बन्धमा स्वास्थ्य सम्झौता भएको छ । स्वास्थ्य सेवालाई थप बिस्तार गर्ने क्रममा रहेको तिलोत्तमा ५ मणिग्राममा रहेको क्रिमसन अस्पतालले देशभर शाखा रहेको नेपाल बैंक लिमिटेडसंग स्वास्थ्य सम्झौता गरेकोे अस्पतालका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
सम्झौता पश्चात नेपाल बैंक लिमिटेडका कर्मचारीले उपचारमा १५ प्रतिशत छुट पाउने छन् भने डेविट, क्रेडिट तथा प्री भिलेज लगायत मोबाइल बैंकिंग मार्फत डिजिटल पेमेन्ट गर्ने कार्डवाहक ग्राहकले अस्पतालमा १० प्रतिशत सम्मको छुट पाउने छन् ।
यो सम्झौताबाट बैंकका कर्मचारी एवं ग्राहक लाभाबिंत हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ आकर्षण बढ्ने बिस्वास लिइएको अस्पतालका प्रमुख प्रसासकिय अधिकृत मनमोहन भट्टराईले जानकारी दिनुभयो । नेपाल बैंक लिमिटेड र क्रिमसन अस्पताल बीच सर्वसुलभ सेवा दिने गरि तयार पारिएको स–शर्त समझदारी पत्रमा अस्पतालका निर्देशक डा. शेखर पोख्रेल र नेपाल बैंक लिमिटेडको तर्फबाट लुम्बिनी प्रदेश प्रमुख शुशिल कुमार नेपाल तथा मणिग्राम शाखा प्रमुख बाबुराम खरेलले हस्ताक्षर गर्नुभएको थियो ।
सम्झौताका अवसरमा अस्पतालका अध्यक्ष दुर्गाप्रसाद पाण्डे, निर्देशक डा शेखर पोख्रेल, प्रमुख प्रसासकीय अधिकृत मनमोहन भट्टराई, जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्याल, नेपाल बैंक लिमिटेडको तर्फबाट लुम्बिनी प्रदेश प्रमुख शुशिल कुमार नेपाल तथा मणिग्राम शाखा प्रमुख बाबुराम खरेल लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया