00:00:00
स्थानिय

  पाल्पाको जोर्तेमा पहिरोले स्कारपियो पुरियो ३ जनाको मृत्य ८ जना घाइते ,मृतक ३ जनाको सनाखत

बुधबार भदौ १३, २०८०/ Wednesday 08-30-23


कृष्ण पोखरेल
पाल्पा १३ भदौ 
पाल्पाको जोर्तेमा पहिरोले स्कारपियो पुरिदा ३ जनाको मृत्य ८ जना घाइते भएका छन । तानसेन तम्घास सहायक राजमार्गको रिव्दिकोट गाउँपालिका वडा नंं २  जोर्तेमा ढुङ्गा सहितको पहिरोले रुरु रेसुङ्गा यातायात प्रा.लि.को  लु १ ज ४६०० नम्वरको स्कारपियो गाडी पुरिदा ३ जनाको घटनास्थमै मृत्यु भएको  हो ।

मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका वडा नंं ७  की ५० बर्षिया मनाकला चुदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत  तानसेन पाल्पाका प्रहरी सहायक हवलदार अन्दाजी बर्ष ३२ का यम बहादुर गोदार र पोखरा महानगरपालिका वडा नंं २५ का विनोद तिम्सीना रहेको  जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएपी विरेन्द्र थापाले जानकारी दिए । मृतक तिम्सीनाको पर्समा भेटिएको परिचयपत्रको आधारमा पहिना गरिएको डिएसी थापाले बताए ।  ढुङ्गा सहिताको सुख्खा पहिरोले स्कारपियोको पछाडीको भाग क्षत विक्षत भएको छ मृतकहरु समेत पुर्ण रुपमा किचिएका थिए । 

तम्घास बाट बुटवल तर्फ जादै गरेको जिप विहान करीव   सवा ८ बजेको समयमा पाल्पाको जोर्तेमा पहिरोमा पुरिएको हो ।  घाइते भएका ८ जनाको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको चालक सकुसल रहेको सूचना अधिकारी  थापाले बताए । घाइते मध्ये एक जनाको बाहेक अन्य ७ जनाको अवस्था समान्य रहेको पाल्पा प्रहरीले जनाएको छ । दुर्घटना स्थल पहिरो स्थलमा डिभिजन सडक कार्यालय पाल्पाले राती १० बजे देखी विहान ४ बजे सम्म सडक बन्द गरी स्तरउन्नती गर्दै आएको थियो । 

तपाईको प्रतिक्रिया