00:00:00
स्थानिय

तिलोत्तमा ९ ज्ञानोदय टोलविकास संस्थाद्धारा सरसफाई कार्यक्रमलाई निरन्तरता

शनिबार भदौ ९, २०८०/ Saturday 08-26-23

तिलोत्तमा,बिन्दु भट्टराई 
तिलोत्तमा ९ ज्ञानोदय टोलविकास संस्थाको  सरसफाई कार्यक्रमलाई निरन्तरता दिईएको छ । टोल भित्रका सडकमा पलाएका झाडि फांड्ने र टोलका विभिन्न स्थानमा छरिएका प्लाष्टिक लगायतको फोहोर संकलन गरी आज पनि सरसफाई अभियानलाई निरन्तरता दिईएको हो । 

तिलोत्तमा ९ का वडा अध्यक्ष ध्रुव न्यौपाने,संस्थाका अध्यक्ष प्रकाश न्यौपाने र सचिव सुरेश पाण्डेसंगै,सिंगो चेतनशिल आमा समुह,टोलका अगुवाहरुको सकृयतापुर्ण सहभागिता रहेको सरसफाई कार्यक्रममा वडा अध्यक्ष न्यौपानेले डेंगु माहामारीका रुपमा फैलिएको हुंदा यसको न्युनिकरण र वडाको सौन्दर्यतालाई ध्यानमा राखि कार्यक्रम गरिएको बताउनुभयो । उहांले ज्ञानोदय टोलविकास संस्था र चेतनशिल आमा समुहको सकृयताको प्रशंसा गर्दै अरु टोलले पनि यसको सिको गर्न सके सिंगो वडानै सरसफाईमा अगाडि बढ्न सक्ने र नगरकै पहिलो सफा वडा वन्न सक्नेमा सुझाव दिनुभयो । 

त्यस्तै कार्यक्रममा संस्थाका अध्यक्ष प्रकाश न्यौपाने,योगमाया अर्याल,सुरेश पाण्डे,सुरज न्यौपाने,मिना पाण्डे,तारा भट्टराई,सुरक्षा भण्डारी,दुर्गा पाण्डे,बलाराम काफले,गुरु पंगेनी,रचना भण्डारी, राधा खनाल,संझना पाण्डे लगायतले आगामी दिनमा पनि ज्ञानोदय टोललाई नमुना टोलको रुपमा विकास गर्ने गरी काम गर्ने ऐकेवद्धता जनाउनुभएको छ ।  
 

तपाईको प्रतिक्रिया