सरकार तस्करहरुको संरक्षण गर्ने बाटोमा लागिरहेको छ – एमाले सचेतक महेश कुमार बर्तौला
तिलोत्तमा,बिन्दु भट्टराई ।
संघीय सांसद एवं प्रतिनिधिसभामा नेकपा एमालेका सचेतक महेश कुमार बर्तौलाले ‘सरकार मुलुकमा सुशासन कायम गर्ने नभई तस्करहरुको संरक्षण गर्ने बाटोमा लागिरहेको बताउनुभएको छ । उहांले तस्करीमा माओवादी केन्द्रका कतिपय नेताहरुको संलग्नता रहेको देखिन्छ तर, सरकार पुर्वाग्रही बनेर कसैलाई फसाउने र कसैलाई उन्मुक्ति दिने षडयन्त्रमा लागिरहेको भन्दै संसदलाई बिजनेश दिनुको साटो जनजिविकाका सवालमा आफुहरुले उठाएका विषयमा समेत सुनुवाई नगरेको समेत आरोप लगाउनुभयो ।
प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बर्तौलाले पहिलो पार्टीको रुपमा रहेको नेपाली कांग्रेस तेस्रो दलको ईशारामा चल्नुपर्ने अवस्था आउनु कांग्रेसका लागि दुर्भाग्य भएको जिकिर गर्नुभयो । उहांले पछिल्लो सुन तस्करीको विषयमा प्रतिनिधीसभा र संसदीय दलमा आफ्नै सांसदहरुले समेत सुन तस्करीको छानविनका लागि उच्च स्तरीय छानविन समिति गठन गर्नुपर्नु माग उठाएपनि कांग्रेस माओवादीको ईशारामा चल्दा छानविन समिति गठन गर्ने विषय ओझेलमा परेको बताउनुभयो ।
जसपालाई गौर हत्याकाण्ड, माधव–बाबुरामलाई ललिता निवास प्रकरण र कांग्रेसलाई भुटानी शरणार्थी प्रकरण देखाएर तर बर्तौलाले भन्नुभयो । सरकार पूर्वाग्रह सांधेर अगाडी बढ्ने, फाईल खोल्छु भनेर धम्क्याउने जस्ता स्टन्ट गरेर मुलुकलाई विदेशीको खेल मैदान बनाईरहेको बताउँदै आफुहरुले जस्तो सुकै परिस्थितीको सामना गर्नु परेपनि उच्च स्तरीय छानविन समितिको अडानबाट पछि नहट्ने बताए । नेता बर्तौलाले सुन तस्करीमा सरकारका उच्च पदस्थ व्यक्तिहरुको संलग्नता रहेको आशंका रहेकोले त्यसको गहिरो अनुसन्धानको लागि उच्च स्तरीय छानविन समिति गठन गर्नुपर्नेमा जोड दिनुभयो । उहांले आठ नौं महिनाको अवधीमा एउटामात्र संसोधित विधेयक आएको भन्दै यसले पनि सरकार संसदलाई कानुन निर्माण गर्ने थलो बनाउन नचाहेको भन्दै सत्तापक्षका सांसदहरुले आफुहरुलाई बोल्न नदिएर मुख थुनिदिने काम गरेको बताउनुभयो ।
तपाईको प्रतिक्रिया