00:00:00
स्थानिय

तिलोत्तमा ९ ज्ञानोदय टोलबिकास संस्थाको नियमित सरसफाई कार्यक्रम सम्पन्न

शनिबार भदौ २, २०८०/ Saturday 08-19-23

तिलोत्तमा,बिन्दु भट्टराई ।
साना साना कामबाट राष्ट्र विकासको सुरुवात हुने र ति साना साना काम टोलविकास संस्थाले गर्न सक्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । विभिन्न समयमा देखा पर्ने रोग नियन्त्रणमा सचेतनाका कार्यक्रम संगै टोल सरसफाई जस्ता कार्यक्रममा टोलविकास संस्थाहरुको सकृयताले महत्वपुर्ण भुमिका रहेको उनीहरुले बताएका हुन् । 

तिलोत्तमा ९  ज्ञानोदय टोलबिकास संस्थाका अध्यक्ष प्रकाश न्यौपानेको अध्यक्षतामा  शनिबार भएको नियमित सरसफाई कार्यक्रममा न्यौपानेले नगरपालिकाले डेंगी न्युनिकरणका लागि थालेका विभिन्न अभियानमा टोल स्तरबाट गरिने यस्ता  सरसफाईयुक्त कार्यक्रमहरु प्रभावकारी बन्न सक्ने विश्वास ब्यक्त गर्नुभयो । 

टोलका अगुवा समाजसेवी ,बुद्दिजिवि,आमा समुह,कृषि समुह लगायतको उपस्थितीमा भएको कार्यक्रममा टोलमा भएको फोहोर उठाउने,पानी जमेका खाल्डोमा कुलेसो बनाई पानी वग्ने बनाउने र छेउछाउका झाडि फांडने काम गरेको संस्थाका सचिव सुरेस पाण्डेले जानकारी दिनुभयो । 

कार्यक्रममा चेतनशिल आमा समुह, ज्ञानोदय कृषि समुहका बलाराम काफले,े स्थानीय युवा सुरज न्यौपाने,दुर्गा पाण्डे लगायतले टोलको विकासका लागि सामुहिक छलफलबाट आईपरेका जस्तोसुकै काम पनि गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।  संस्थाले आउने शनीबार टोलमा वन्न लागेको दुर्गा मन्दिरमा फुल रोपणसंगै सरसफाई अभियानलाई निरन्तरता दिने निर्णय समेत  गरेको छ ।  
 

तपाईको प्रतिक्रिया