रोट्रयाक्ट क्लब अफ भैरहवा चौतारीको अध्यक्षमा शंकर बस्याल
तिलोत्तमा २०८० साउन ३२
रोट्रयाक्ट क्लब अफ भैरहवा चौतारीको दोश्रो पदस्थापन कार्यक्रम एवं तेश्रो स्थापना दिवस सम्पन्न भएको छ । पद हस्तान्तरण कार्यक्रममा वर्ष २०२२/२३ का अध्यक्ष निखिल ध्वज खत्रीले वर्ष २०२३/२४ का अध्यक्ष शंकर बस्याललाई पद हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै वर्ष २०२२/२३ का अध्यक्ष खत्रीले वर्षभरि क्लवले गरेका काम कार्वाहीको समिक्षा गर्दै समाज परिवर्तनमा अहोरात्र खटने सम्पूर्ण रोट्रयाक्टप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डीआरआर इलेक्ट बिक्रम क्षेत्रीले रोट्रयाक्ट क्लबहरुले सामाजिक क्षेत्रमा खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताउनुभयो ।
सोहि कार्यक्रममा बोल्दै विशिष्ट अतिथी रोट्रयाक्ट सुरज छेत्रीले रोट्रयाक्टहरु स्पष्ट लक्ष्य पछ्याउदै अडिग भै समाज परिर्वतनको दिशामा अगाडी बढनुपर्ने बताउनुभएको थियो । ब्रिजेश बाँनियाको स्वागत, तथा निर्विक ढुंगानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको क्लबका सचिव अंकित कांदुले जानकारी दिनुभएको छ ।
तपाईको प्रतिक्रिया