बुटवल । रुपन्देहीमा ३ लाख भन्दा बढी मूल्यको मोवाईल बरामद भएको छ । रुपन्देही प्रहरीका अनुसार अबैध रुपमा भन्सार छली लुकाई छिपाई राखेको ४६ वटा मोबाइलसहित एक जनालाई पक्राउ गरिएको हो ।
जिल्लाको सिद्धार्थनगर नगरपालिका–१३ स्थितबाट सोही ठाउँमा बस्ने ४० वर्षीय विशाल जैसवालले आफै घरमा भन्सार छल्ली लुकाई छिपाई राखेको अवस्थामा विभिन्न कम्पनीका मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो । उनको घरबाट स्क्रिनटच मोबाईल थान–३६ पिस, विभिन्न कम्पनीको सादा मोबाईल थान–१० पिस र पावर वैँक थान–६ पिस बरामद गरिएको उहांले बताउनुभयो ।
आवश्यक कारवाहीको लागी वरामद मोवाईलहरु र विशाल जैसवाललाई भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया